परराष्ट्र मन्त्री छिन काङ शाङहाई सहयोग संगठनको विदेश मन्त्री स्तरीय सम्मेलनमा सहभागी
2023-05-06 16:56:27cri
Share with:

चीनको राज्य परिषद्का सदस्य एवम् परराष्ट्र मन्त्री छिन काङले ५ तारिख भारतको गोआमा आयोजित शाङहाई सहयोग संगठनको विदेश मन्त्री स्तरीय सम्मेलनमा सहभागिता जनाउनुभएको छ।

 

सम्मेलन अवधिमा परराष्ट्र मन्त्री छिन काङले वर्तमान विश्व सामु शीत युद्ध, एकपक्षीय संरक्षणवाद, प्रभुत्ववाद र सशक्त अधिकार सहित राजनीति लगायतका विविध चुनौती र संकट देखापरेको औंल्याउनुभयो। अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलामा रहेको एक महत्वपूर्ण रचनात्मक शक्तिको रूपमा शाङहाई सहयोग संगठनले अन्तर्राष्ट्रिय परिस्थिति जसरी परिवर्तित भएपनि दृढताका साथ शाङहाई भावनालाई कायम राख्दै अझ घनिष्ट शाङहाई सहयोग संगठन भाग्यको एकरूपताको निर्माण गर्नुपर्ने कुरा पनि उहाँले उल्लेख गर्नुभयो।

 

उहाँले पाँच बुँदे प्रस्ताव प्रस्तुत गर्नुभयो। पहिलो, आत्म रणनीतिलाई कायम राख्दै एकता र पारस्परिक विश्वासलाई सबल पार्नुपर्छ। दोस्रो, सुरक्षित सहकार्यलाई गहन पारी क्षेत्रीय शान्तिको संरक्षण गर्नुपर्छ। तेस्रो, खुलापन र सहिष्णुताको प्रचार प्रसार गर्दै संयुक्त विकासलाई अघि बढाउनुपर्छ। चौथो, निष्पक्षता र न्यायलाई कायम राख्दै वैश्विक सञ्चालन प्रणालीलाई पूर्णता दिलाउनुपर्छ। र पाँचौं, दीर्घ विकासमा ध्यान दिएर व्यवस्थापनको निर्माणलाई मजबुत पार्नुपर्छ।