चीन-अफ्रिका सहकार्यबारे अफ्रिकी जनतालाई मात्र थाहा छः परराष्ट्र प्रवक्ता माओ निङ
2023-05-06 16:59:44cri
Share with:

चीन परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले मे ५ तारिख नियमित पत्रकार सम्मेलनमा बोल्दै अमेरिकाले चीन-अफ्रिका सहकार्यबारे हेर्दा अलि खुला र समावेशी हुनुपर्ने कुरा बताउनुभएको छ। उहाँले भन्नुभयो, ‘अफ्रिकी जनतालाई मात्र थाहा छ कि चीन-अफ्रिका सहकार्य राम्रो छ कि छैन।’

 

प्रवक्ता माओ निङले लामो समयदेखि चीनले पारदर्शिता र खुलापनको सिद्धान्तलाई पालना गर्दै अफ्रिकाको आवश्यकताअनुसार व्यावहारिक सहयोग दिएको बताउनुभयो। उहाँले चीनले नयाँ क्षेत्रहरू निरन्तररूपमा विस्तार गरेकाले सहयोगको नतिजा पनि अफ्रिकामा देख्न सकिने कुरा बताउनुभयो।