विदेशी सञ्चारमाध्यमद्वारा चीनको आर्थिक सुधार सन्तोषजनक भएको ठहर
2023-05-07 17:17:20cri
Share with:

हालै विदेशी सञ्चारमाध्यमहरूले चीनको श्रम दिवस बिदाको अर्थतन्त्रबारे समाचार सार्वजनिक गरेका छन्। धेरै सञ्चारमाध्यमहरूले सो बिदाको अवसरमा चीनको बलियो पर्यटकीय आर्थिक र उपभोग तथ्याङ्कमार्फत आगामी केही महिनासम्म चीनको आर्थिक पुनरूत्थानको सम्भावना  भएको कुरा व्यक्त गर्नुका साथै चीनको आर्थिक वृद्धिका लागि बजारको अपेक्षा पनि बलियो हुने औंल्याएका छन्।

 

भर्खरै बितेको श्रम दिवसको बिदामा, चीनमा आन्तरिक पर्यटकको कुल संख्या २७ करोड ४० लाख पुगेको थियो जुन गत वर्षको तुलनामा ७०.८३%ले वृद्धि भएको देखिन्छ। चीनका धेरै ठाउँमा घुम्ने पर्यटकको जनसंख्याले ऐतिहासिक रेकर्ड तोड्यो।