अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष बाचद्वारा सीएमजी कार्यालय भ्रमण
2023-05-07 16:57:55cri
Share with:

 

मे ६ तारिख अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष बाखले चाइना मिडिया ग्रुपको भ्रमण गर्नुभयो। उहाँले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति प्रचार मन्त्रालयका उपमन्त्री एवम् चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाइ स्योङसँग ओलम्पिकको प्रसारण, नयाँ प्रविधिको अनुसन्धान र विकास साथै ओलम्पिकको सांस्कृतिक संचारसमेतका विषयहरूबारे गहिरो छलफल गर्नुभयो।

 

पेरिस ओलम्पिक खेलकुदको निमन्त्रणामा चाइना मिडिया ग्रुप जुन खेलको मुख्य प्रसारण संस्था हुनेछ, सो हस्ताक्षर समारोहमा पनि उहाँहरूसँगै सहभागी हुनुभएको थियो।

 

सीएमजीका निर्देशक शन हाइ स्योङले सीएमजी अन्तर्राष्ट्रिय ओलम्पिक समितिसँग मिलेर प्राविधिक आविष्कारलाई र ई-खेलकुदको विकास गर्न, ओलम्पिक च्यानल निर्माण गर्न, धेरै भन्दा धेरै युवाहरूलाई आकर्षित गर्न साथै ओलम्पिक खेलकुदको प्रचार प्रसारमा सहयोग दिने आशा लिनुभएको छ।