महामारीपछि पहिलो खेपका चिनियाँ पर्यटकहरु नेपालमा पुगे
2023-05-08 10:04:34CRI
Share with:

अप्रिल १३ तारिख चीनले महामारीपछि विदेश यात्रा पुन:संचालन गरेपछि पहिलो खेपका १८० जना चिनियाँ पर्यटकहरु चार्टर विमानबाट नेपाल पुगेका छन्। उनीहरुले नेपालको पुन हिलको पद यात्रा गर्ने छन्। नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराती तथा नेपालका लागि चिनियाँ राजदूत छन् सोङले सँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर चिनियाँ पर्यटकहरुको हार्दिक स्वागत गर्नुभएको छ।

अप्रिल १३ तारिख बिहान चिनियाँ पर्यटकहरुको हार्दिक स्वागत गर्ने नेपालको एउटा महिला सङ्गीत टोली चाँडै नै पूर्व अभ्यासका लागि विमानस्थल पुगेको थियो। भर्खरै विमानस्थलबाट निस्केका चिनियाँ पर्यटकहरु यस्तो रमाइलो दृश्य देखेर गद्गद् भएका थिए। चिनियाँ पर्यटकहरुले नेपाली साथीहरुको उत्साहबाट प्रभावित भएर पुन हिलको पद यात्राप्रति अरु बढी विश्वास लिएका थिए। केही चिनियाँ पर्यटकहरु यसरी भन्छन्,

म धेरै गद्गद् भएँ। पहिले यस्तो पद यात्रा गरेकी छैन। पद यात्रा सुचारु रुपमा पूरा गर्न सक्ने आशा गरेकी छु। 

यस पटकको पद यात्रा सफलताका साथ पूरा गर्न सक्ने र चीन तथा नेपालका जनता बीचको मैत्रीपूर्ण आदान-प्रदान सबल हुने मेरो आशा छ। 

हामी पहिलो पटक यो मुलुक आएका हौँ। नेपालीहरु धेरै उत्साही छन्। हामी धेरै खुसी छौँ। यस पटकको पद यात्राका लागि हामीले केही महिनासम्म तयार गरेका थियौँ। यहाँ आएपछि नेपालीहरु निकै उत्साही भएका हामीले अनुभव गरेका छौँ। 

अप्रिल १४ तारिख नेपालको नयाँ वर्ष हो। नयाँ वर्षको पूर्वसन्ध्यामा चिनियाँ पर्यटकहरु नेपाल पुगेको कुरालाई नेपाली साथीहरुले “नयाँ वर्षका लागि सबैभन्दा हार्दिक शुभकामना भएको” दाबी गरेका छन्। नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराती स्वागत समारोहलाई सम्बोधन गर्दै भन्नुहुन्छ,

भोलिदेखि नेपाल २०८० सालको प्रारम्भ हुँदै छ। यो नयाँ वर्षसँगै यहाँहरुलाई हामीले स्वागत गर्न पाउँदा हामी धेरै खुसी छौँ। नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट यहाँहरुलाई हामी ह्रदयभित्रबाटै न्यानो स्वागत गर्न चाहन्छौँ। नेपालमा भनिन्छ, अतिथि देवो भव: अर्थात् पाहुना भनेको देवता हो। देवताको रुपमा तपाईँहरुलाई हामीले सधैँ स्वागत गर्ने छौँ। हाम्रो सम्बन्ध आजदेखिको होइन, इतिहासमा पौराणिक कालदेखिको सम्बन्धलाई अझै नयाँ उचाइमा पुर्याउने, जनता जनता बीचको सम्बन्धलाई अझै नयाँ उचाइमा स्थापित गर्ने हाम्रो चाहना छ।

नेपालका लागि चिनियाँ राजदूत छन् सोडले स्वागत समारोहलाई सम्बोधन गर्दै भन्नुहुन्छ,

चालू वर्षको मार्च महिनामा नेपाललाई चिनियाँ नागरिकहरु सामूहिक रुपमा विदेशको यात्रा गर्ने दोस्रो खेपका मुलुकहरुको सूचिमा राखेको थियो, जसले नेपालप्रति चीनको मैत्रीपूर्ण भावना तथा पर्यटन सम्बन्धी सहयोगलाई अघि बढाउनका लागि चीनको उच्च महत्त्व अभिव्यक्त गरेको छ। तपाईँहरु नेपाल घुम्न आएको पहिलो ठूलो परिमाणको पर्यटन समूह हुनुहुन्छ। तपाईँहरुको आगमन चीन र नेपाल बीचको पर्यटन सहकार्य स्थापना भएको र दुई मुलुक बीचको मानविय आदान-प्रदानमा नयाँ शुरुवात भएको द्योतक हो। 

चिनियाँ पर्यटकहरु र नेपाली साथीहरुले सँगै मिलेर त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा नाचगान गरी नेपालको नयाँ वर्षका लागि शुभकामना व्यक्त गरेका छन्,

नयाँ वर्षको शुभकामना।