थ्यानचौ ६ नम्बर मालवाहक अन्तरिक्षयान प्रक्षेपणस्थलमा
2023-05-08 14:26:56CRI
Share with:

चीन मानववाहक अन्तरिक्ष इन्जिनियरिङ कार्यालयका अनुसार, सन् २०२३ मे ७ मा बेइजिङ समयअनुसार, थ्यानचौ–६ नम्बर मालवाहक अन्तरिक्षयान र लङ मार्च–७ क्यारियर रकेटको संयोजनलाई प्रक्षेपण क्षेत्रमा राखिएको छ र निकट भविष्यमा प्रक्षेपण गरिने छ। यो नै अन्तरिक्ष स्टेशनको प्रयोग र विकास चरणमा गरिने पहिलो प्रक्षेपण कार्य हुने जनाइएको छ।

थ्यानचौ–६ सामानवाहक अन्तरिक्षयानको कूल लम्बाई १०.६ मिटर र १३.५ टन तौलको छ। अपग्रेडपछि, थ्यानचौ–६ सामानवाहक अन्तरिक्षयानको प्रभावकारी लोड क्षमता २० प्रतिशतले वृद्धि भएको छ र सामान ढुवानी क्षमता ६.९ टनबाट ७.४ टनसम्म बढाइएको छ। 

सन् २०२३ चीनको अन्तरिक्ष स्टेशनको प्रयोग र विकासको नयाँ चरणको पहिलो वर्ष हो। निर्धारित योजना अनुसार, यस वर्षमा शनचौ १६ नम्बर मानववाहक अन्तरिक्षयान र शनचौ १७ मानववाहक अन्तरिक्षयानको पनि क्रमशः मे र अक्टोबरमा प्रक्षेपण गरिने कार्यक्रम छ।