चीन-मध्य एशिया शिखर सम्मेलनबाट नयाँ युगको उदय
2023-05-08 16:56:55cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयाका प्रवक्ता वाङ वनपिनले मे १८ र १९ तारिख चीनको पल्लो शानसी प्रान्तीय सिआनमा आयोजना हुने चीन-मध्य एशिया शिखर सम्मेलनमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सम्बोधन गर्नुहुने र मध्ये एशियाका पाँच मुलुकका राष्ट्रानायक सहभागी हुनुहुने जानकारी दिनुभएको छ। यस वर्ष चीनमा आयोजना भएको पहिलो ठूलो कुटनीतिक कार्यक्रम भएको बताउँदै उहाँले दौत्य सम्बन्ध स्थापना भएको ३१ वर्षयता छ वटा मुलुकका राष्ट्रानायकबीचको पहिलो भौतिक उपस्थिति सहितको शिखर सम्मेलन हुन लागेको जानकारी दिनुभयो। उहाँका अनुसार यो नै चीन र मध्यएशियाली मुलुकहरूबीच सम्बन्ध विकासको इतिहासको कोसेढुङ्गा हो।

 

८ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता वाङ वनपिनले उक्त कुरा बताउनुभएको हो। प्रवक्ता वाङले सो अवसरमा राष्ट्राध्यक्ष सी चिनफिङले महत्वपूर्ण सम्बोधन गर्नुहुने र विभिन्न मुलुकका राष्ट्रानायकले चीन-मध्ये एशिया सम्बन्ध विकास प्रकृयाबारे समीक्षा गरी चीन-मध्य एशिया प्रणाली रचना, विभिन्न क्षेत्रका सहयोग र साझा रूचि भएका महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयबारे वैचारिक आदान-प्रदान गर्नुहुने जानकारी दिनुभयो। सबैको संयुक्त प्रयासमा यस शिखर सम्मेलनले चीन-मध्ये एशिया सम्बन्धको नयाँ खाका र द्वीपक्षीय सहयोगको नयाँ युग खोल्ने विश्वास आफूले लिएको पनि उहाँले उल्लेख गर्नुभयो।