बेल्ट एण्ड रोड चीन-मध्य एशिया घनिष्ठ सहयोग पेटी
2023-05-08 17:10:05cri
Share with:

चीन र मध्य एशियाका पाँच वटा मुलुकबीच दौत्य सम्बन्ध स्थापना भएको ३० वर्षभन्दा लामो समययता दुई पक्षले आर्थिक तथा व्यापारिक व्यवहारिक सहयोगलाई निरन्तर रूपमा अघि सारेर अनेक सहयोग उपलब्धि हासिल गरेका छन्।

सन् २०१३ देखि यता चीनका शीर्ष नेता सी चिनफिङले कजाकिस्तानमा “ सिल्क रोडको आर्थिक बेल्ट” इनिसियटिभ अघि सार्नुभएको थियो जुन ”बेल्ट एण्ड रोड”को सुरूवात मानिएको छ। दश वर्षयता बेल्ट एण्ड रोड पहलबाट चीन र मध्य एशियाबीचको सम्बन्धमा ठूलो शक्ति थपिएर दुई पक्षबीचको आर्थिक सम्बन्धलाई घनिष्ठ बनाइएको छ।

 

बेल्ट एण्ड रोडले नैतिक सम्पर्क, सुविधा जडान, सुचारू व्यापार, बित्तीय मध्यस्थता, जन सम्पर्क केन्द्रित चीन र मध्य एशियाबीचका द्वीपक्षीय र बहुपक्षीय सहयोगलाई उकास्न सहयोग गरेको छ।