सी चिनफिङद्वारा दशौँ विश्व प्रवासी चिनियाँ संघ प्रतिनिधिसँग भेट
2023-05-08 15:58:23cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ८ तारिख बिहान पैचिङस्थित जन बृहत् सभा भवनमा दशौँ विश्व प्रवासी चिनियाँ संघका प्रतिनिधिहरूसँग भेट गरी चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति र राज्य परिषदको तर्फबाट उहाँहरूलाई हार्दिक स्वागत गर्नुका साथै विश्वका विभिन्न क्षेत्रका प्रवासी चिनियाँहरूलाई हार्दिक अभिवादन गर्नुभएको छ।

 

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक ब्यूरोका सदस्य एवम् संयुक्त मोर्चा कार्य विभागका प्रमुख श थाइफङले बैठकलाई सम्बोधन गर्दै प्रवासी चिनियाँसँग चीन र विदेशलाई जोड्ने विशेष श्रेष्ठता भएको बताउनुभयो। साथै उहाँले चीन र विश्वलाई जोड्ने महत्वपूर्ण पूल र मानव भाग्य समुदायको रचना गर्ने महत्वपूर्ण शक्ति भएको उल्लेख गर्नुभयो।

 

प्रवासी चिनियाँहरूले मिलेर चीन र विदेशबीचको सहयोग र सभ्यता आदान-प्रदानलाई सक्रिय रूपमा बढाएर चीन राष्ट्रको महान पुनरूत्थान र मानव भाग्य समुदायको रचना गर्ने नयाँ यात्रामा नयाँ पृष्ठ लेख्नसक्ने आशा आफूले लिएको पनि उहाँले बताउनुभयो।