चीनका परराष्ट्र मन्त्री छिन काङद्वारा चीनका लागि अमेरिकी राजदूत निकोलस बर्न्ससँग भेटघाट
2023-05-08 14:37:52cri
Share with:

मे ८ तारिख चीनको राज्य परिषद्का सदस्य एवम् परराष्ट्र मन्त्री छिन काङले पैचिङमा चीनका लागि अमेरिकी राजदूत निकोलस बर्न्ससँग भेटघाट गर्नुभएको छ।

मन्त्री छिन काङका अनुसार, चीन-अमेरिका सम्बन्ध दुई मुलुकका साथै विश्वका लागि महत्वपूर्ण रहेको र गत वर्षको नोभेम्बरमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा अमेरिकी राष्ट्रपति जोन बाइडेनबीच बाली टापुमा भएको महत्वपूर्ण सहमतिको समीक्षा गरिएको छ। त्यसपछि अमेरिकाको श्रृंखलाबद्ध गलत भनाइ र गतिविधिले चीन-अमेरिका सम्बन्धको सक्रिय प्रवृत्तिलाई नष्ट पार्नुका साथै निश्चित वार्ता र सहयोगका एजेन्डामाथि हस्तक्षेप भएपछि पसी सम्बन्धको विकासमा फेरि सुस्तता छाएको पनि मन्त्री छिनले औँल्याउनुभयो। 

चीनले राष्ट्राध्यक्ष सीले प्रस्तुत गर्नुभएको आपसी सम्मान,शान्तिपूर्ण सह अस्तित्व र साझा विजयको नियम अनुसार चीन-अमेरिका सम्बन्धलाई विकास गर्नुपर्नेमा जोड दिँदै मन्त्री छिन काङले अमेरिकाले पनि आत्मसमीक्षा गरेर चीनसँगको प्रयासमा पसी सम्बन्ध सामान्यीकरण गर्नसक्ने शा लिएको पनि बताउनुभयो।