चीनका राष्ट्राध्यक्ष सी चिनफिङबाट चीन-मध्य एशिया शिखर सम्मेलनको अध्यक्षता हुने
2023-05-08 14:30:24CRI
Share with:

मे १८ तारिखदेखि १९ सम्म चीनको पल्लो शान्सीस्थित सिआन शहरमा चीन-मध्य एशिया शिखर सम्मेलनको आयोजना हुनेछ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सम्मेलनको अध्यक्षता गर्नुहुनेछ। कजाखस्तान, किर्गिजस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तानका राष्ट्रपतिहरूले उक्त सम्मेलनमा भाग लिनुहुनेछ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयिङले उक्त जानकारी दिनुभएको हो।