चाइना मिडिया ग्रुपको "५.१० चाइना ब्रान्ड मिडिया एक्शन" बेइजिङमा
2023-05-09 18:51:01cri
Share with:

मे ९ तारिख चाइना मिडिया ग्रुपको "ब्रान्ड पावर परियोजना: साझा पुल निर्माण गर्दै उच्च गुणस्तरीय विकास प्रवर्द्धन" भन्ने नाराका साथ "५.१० चाइना ब्रान्ड मिडिया एक्शन" बेइजिङमा आयोजना भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार विभागका उपमन्त्री तथा चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाइ स्युङ र राष्ट्रिय बजार निगरानी तथा व्यवस्थापनका निर्देशक लुओ वेनले यस कार्यक्रममा भाग लिँदै भाषण दिनुभयो।

 

महानिर्देशक शनका अनुसार चीनको कम्युनिष्ट पार्टीको अठारौँ राष्ट्रिय महाधिवेशनदेखि महासचिव सी चिन फिङले चिनियाँ ब्रान्डको विकासलाई ठूलो महत्त्व दिनुभएको र चिनियाँ ब्रान्ड निर्माणको प्रवर्द्धनमा असाधारण उपलब्धि हासिल गर्न निर्देशन गर्नुभएको छ। नयाँ युगमा चिनियाँ ब्रान्डको ठूलो परिवर्तनमा चिनियाँ मिडियाले सधैं महत्त्वपूर्ण भूमिका खेलेको छ। स्थापना भएको ५ वर्षयता चाइना मिडिया ग्रुपले चिनियाँ ब्रान्डको निर्माणलाई शक्तिशाली रुपमा प्रवर्द्धन गर्दै आएको छ। चिनियाँ ब्रान्डहरूले आफूलाई उछिनेको रेकर्ड गरेको ५ वर्ष र चिनियाँ ब्रान्डहरूलाई एकपछि अर्को चिनियाँ चमत्कार सिर्जना गर्न मद्दत गरेको ५ वर्ष भएको छ। ठूलो संख्यामा चिनियाँ ब्रान्डहरू चाइना मिडिया ग्रुपको राष्ट्रिय प्लेटफर्ममा निर्भर भएर स्वेदश र विदेशमा प्रभावका साथ  ग्लोबल आर्थिक तथा साँस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्नका लागि नयाँ उचाईँमा पुर्याएको छ।