राष्ट्राध्यक्ष सी चिनफिङद्वारा भीषण वर्षाका कारण रुवान्डाका राष्ट्रपतिलाई सम्वेदना सन्देश
2023-05-09 09:44:40CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ८ तारिख भीषण वर्षा र सो प्रकोपबाट पीडितप्रति गहिरो सम्वेदना व्यक्त गर्नुहुँदै रुवान्डाका राष्ट्रपतिलाई सन्देश पठाउनुभएको छ। 

उहाँका अनुसार, हाल रुवान्डाका विभिन्न क्षेत्रमा भीषण वर्षा भएका हुनाले ठूलो जन-धनको क्षति भएको छ। उहाँले चीन सरकार र चिनियाँ जनताका तर्फबाट प्रकोपका कारण मृत्यु भएकाहरूलाई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै मृतकका परिवार, पीडित परिवार, घाइते र प्रकोपग्रस्त क्षेत्रका जनतालाई हार्दिक सम्वेदना व्यक्त गर्नुभएको छ। रुवान्डाले कठिनाइलाई जितेर घरआवासको पुनर्निर्माण गर्ने विश्वास पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ।