चीन-पाकिस्तान-अफ्गानिस्तान त्रिपक्षीय सहयोग च्यानलमार्फत क्षेत्रीय स्थिरता र समृद्धिको संरक्षण गर्ने चीनको इच्छा
2023-05-09 16:43:56cri
Share with:

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता वाङ वनपिनले हालै चिनियाँ  परराष्ट्रमन्त्री छिन काङले इस्लामावादमा आयोजित पाँचौँ चीन-अफ्गानिस्तान-पाकिस्तान त्रिपक्षीय विदेशमन्त्री संवादमा भाग लिएको जानकारी गराउँदै सन् २०२१ मा अफ्गानिस्तान स्थितिको ठूलो परिवर्तन भए यता तीन पक्षबीच आयोजना गरिएको पहिलो विदेशमन्त्रीस्तरीय संवाद भएको बताउनुभएको छ। साथै उहाँले यसबाट त्रिपक्षीय सहयोग प्रणाली पुनःसुरू भएको पनि व्यक्त गर्नुभएको छ।

 

मे ९ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता वाङ वनपिनले उक्त कुरा बताउनुभएको हो। सो अवसरमा तीन विदेशमन्त्रीले आपसी विश्वास, सुरक्षा सहयोग, आतंकवादको प्रतिरोध, अन्तर-सम्पर्क, व्यापार तथा लगानी लगायत विषयबारे खुला तथा गहिरो रूपमा वैचारिक आदान-प्रदान गरी अनेकन सहमति हासिल गरेको उहाँले जानकारी दिनुभयो।

 

प्रवक्ता वाङ वनपिनका अनुसार, तीन पक्षले पाँचौँ चीन-अफ्गानिस्तान-पाकिस्तान विदेशमन्त्री संवाद संयुक्त वक्तव्य प्रकाशित गरेका छन्।