शाङहाइका लागि क्यानडेली महावाणिज्य दूतावासका एक कूटनीतिज्ञलाई स्वागत नगरिएको
2023-05-09 16:29:24cri
Share with:

मे ९ तारिख क्यानडा सरकारले टोरन्टोका लागि चिनियाँ महावाणिज्य दूतावासका एक चिनियाँ कूटनीतिज्ञलाई स्वागत नगरिएको व्यक्तिको रूपमा राखेको छ। चीनले त्यसप्रति कडा निन्दा र विरोध गरी क्यानडासँग कडा कुराकानी गरेको छ।

 

त्यसपछि चीनले पारस्परिक प्रतिरोधी कदम चालेर शाङहाइका लागि क्यानडेली महावाणिज्यदूतलाई स्वागत नगरिएको व्यक्तिको रूपमा राखेर मे १३ तारिखअघि चीन छोड्न चेतावनी दिएको छ। चीनले अरू प्रतिकृया गर्ने अधिकार कायम गरेको छ।