३०० वर्षको इतिहास बोकेको लामा टेम्पल-5 #अल्पसंख्यक जाति
2023-05-09 08:30:01CRI
Share with:

योङ ह दरबारको स्थापनादेखि हालसम्म करिब ३०० वर्ष भइसक्यो। ३०० वर्षको विविध ऐतिहासिक अवधिमा योङ ह दरबार अर्थात् लामा टेम्पलका भिक्षु-लामाहरूले प्रभावकारी भूमिका खेलेका छन्। विशेष गरी देशको कठिनाइ र सामाजिक उतार-चढावका बेला लामा टेम्पलका भिक्षु-लामाहरूले देशको एकीकरण र जातीय एकताका लागि महत्वपूर्ण योगदान गरेका छन्।

सन् १९०८ मा तेह्रौं दलाइ पैचिङ पुगेको बेला लामा टेम्पलको अध्यक्षताका लागि च्याङचानसाङबुलाई पठाए। १९औं शताब्दीको प्रारम्भमा गणतन्त्र चीनको स्थापना भएको बेलामा च्याङचानसाङबु तिब्बती प्रतिनिधिको हैसियतमा तत्कालीन कांग्रेसका सांसद नियुक्त भए।

सन् १९१८ मा तेह्रौं दलाइले कसीलोसाङलाई लामा टेम्पलको अध्यक्षमा नियुक्त गरेका थिए। यो गणतन्त्र चीनको स्थापनापछि तेह्रौं दलाइले पहिलोपटक लामा टेम्पलमा प्रतिष्ठित लामा पठाएको हो भने पहिलोपटक केन्द्रिय सरकारलाई प्रतिनिधि पठाएको हो। गणतान्त्र चीन सरकारले छिङ राजवंशको पुरानो नियम बमोजिम नियुक्त गरेको थियो। सन् १९२३ मा तेह्रौ दलाइले केन्द्रिय सरकारसँग सम्बन्ध घनिष्ट पार्नका लागि लामा टेम्पलको अध्यक्षताका लागि कुङच्युचुङनिलाई फेरि पठाए। युद्धकालमा कुङच्युचुङनिले पैचिङस्थित तिब्बती प्रतिनिधिको हैसियतमा तिब्बत तथा केन्द्रिय सरकारको सम्बन्धलाई सबल पार्न धेरै प्रयास गरेका थिए। १५ वर्षमा अत्यन्तै जटिल र कठिन अवस्थामा उनले ल्हासा, पैचिङ तथा तत्कालीन राजधानी नानचिङ शहरमा प्रयास गरेर चीनको सार्वभौमिकताको संरक्षण गर्न योगदान दिएका थिए। 

जन गणतन्त्र चीनको स्थापनापछि लामा टेम्पलमा नयाँ जैविक शक्ति सुरू भएको छ। चीन सरकारले धेरैपटक पूँजी थपेर लामा टेम्पलको चौतर्फी मर्मत गरेको छ। राष्ट्रिय नेतागणले लामा टेम्पलको भ्रमण गरेर भिक्षु-लामाको जीवन, टेम्पलको व्यवस्थापनबारे हेरचाह गरेका थिए। 

सन् १९८१ फेब्रुअरीदेखि धार्मिक क्षेत्रको हैसियतमा लामा टेम्पल सर्वसाधारणसमक्ष खुला हुनथालेको छ। जसले हरेक दिन विश्वका विभिन्न क्षेत्रबाट आएका पर्यटक र धर्मावलम्बीहरूलाई आकर्षित गरेको छ। 

 सन् १९९५ लामा टेम्पल “तिब्बती बुद्ध धर्मसम्बन्धी कला संग्रहालय”को रूपमा दर्ता गरिएको थियो। यो चीनमा यस्तो प्रकारको एउटा मात्रै संग्रहालय हो। जसबाट लामा टेम्पलले मानव सभ्यताको संरक्षण तथा प्रचार गर्ने कार्य तथा जिम्मेवारी वहन गरेको छ। हाल लामा टेम्पलमा दीर्घकालदेखि दुइटा प्रदर्शनी भइरहेका हुन्छन्, अथवा “तिब्बती बुद्ध धर्म र योङ ह दरबार अर्थात् लामा टेम्पल” र “छ्यान लोङ सम्राट र तिब्बती बुद्ध धर्म”।

३०० वर्ष बितेर लामा टेम्पलले धेरै उतार-चढावको अनुभव गरेको छ। हाल लामा टेम्पलले नयाँ युगमा नयाँ जैविक शक्ति देखाएको छ। त्यो जातीय तथा धार्मिक कार्यका लागि महत्वपूर्ण ठाउँ बन्नुका साथै जातीय तथा धार्मिक नीतिको प्रचार गर्ने र चिनियाँ सँस्कृति प्रदर्शन गर्ने महत्वपूर्ण झ्याल पनि बनेको छ।