चीनका परराष्ट्र मन्त्रीले जर्मनी, फ्रान्स र नर्वेको भ्रमण गर्नुहुने
2023-05-09 14:36:51CRI
Share with:

जर्मनी विदेशमन्त्री आन्नालेना बयरबोक, फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोना र नर्वेका विदेशमन्त्री आनिकेन हुयटफेल्डको निमन्त्रणामा चिनियाँ राज्य परिषदका सदस्य एवम् परराष्ट्र मन्त्री छिन काङले मे ८ देखि १२ तारिखसम्म जर्मनी, फ्रान्स र नर्वेको भ्रमण गर्नुहुनेछ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले उक्त जानकारी दिनुभएको हो।