चीनको वैदेशिक व्यापार ५.८ प्रतिशतले वृद्धि
2023-05-09 15:03:16CRI
Share with:

चालू वर्षको अघिल्ला चार महिनामा चीनको वैदेशिक व्यापार गत वर्षको सोही अवधिको तुलनामा ५.८ प्रतिशतले वृद्धि भएको छ साथै स्थिरताका साथ सुधार जारी छ। 

सोही अवधिमा चीनको आयात र निर्यातमा संलग्न कुल रकम १३३ खरब २० अरब युआन पुगेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा ५.८ प्रतिशतले वृद्धि भएको छ। 

भन्सार विभागबाट प्राप्त तथ्याङ्क अनुसार, चालू वर्षको अघिल्ला चार महिनामा, "बेल्ट एन्ड रोड" अवधारणामा सम्बद्ध देशहरूसँगको व्यापार तीव्र गतिले वृद्धि भइरहेको छ, आयात र निर्यात १६ प्रतिशतले वृद्धि भएको छ। "बेल्ट एण्ड रोड" अवधारणा प्रस्तुत गरिएको १० वर्षमा, चीन र सम्बद्ध मुलुकहरू बीचको कनेक्टिभिटी बढ्दै गइरहेको छ।

चालू वर्षको अघिल्ला चार महिनामा चिनियाँ निजी उद्यमहरूले गरेको आयात र निर्यातमा संलग्न रकम ७० खरब युआन पुगेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा १५.८ प्रतिशतले वृद्धि भएको छ। 

साथै चालू वर्षको अघिल्ला चार महिनामा चीनको मध्य र पश्चिमी क्षेत्रको आयात र निर्यात १०.६ प्रतिशतले वृद्धि भएको छ।