प्रक्षेपण गरिने थ्यान चौ नम्बर ६ अन्तरिक्ष यान कस्तो देखिन्छ?
2023-05-09 15:41:27CRI
Share with:

चीनको थ्यान चौ नम्बर ६ ढुवानी अन्तरिक्ष यानको प्रक्षेपण गरिने भएको छ। यो अन्तरिक्ष यान कस्तो देखिन्छ? 

थ्यान चौ नम्बर ६को लम्बाइ १०.६ मिटर रहेको छ। यसको कूल वजन १३.५ टन छ र भित्र खाली ठाउँ लगभग ५० घन मिटर भएकोले ढुवानी मात्रा ६.९ टनदेखि ७.४ टनसम्मको हुनसक्ने भएकोले हाल यो विश्वमा ढुवानी क्षमता सबैभन्दा धेरै भएको अन्तरिक्ष यान बनेको छ। 

थ्यान चौ नम्बर ६ले अहिले चिनियाँ अन्तरिक्ष स्टेशनका शन चौ नम्बर १५ का अन्तरिक्ष यात्री टोलीलाई मालसामान आपूर्ति गर्नुका साथै पछि जाने शन चौ नम्बर १६ का अन्तरिक्ष यात्री टोलीलाई तयार पारिने छ। यस पटक थ्यान चौ नम्बर ६ले के के सामान पुर्याउने हो, हामी सँगसँगै अनुमान गरौँ।