विदेशबाट आउँदा दुईवटा मोबाइल ल्याउन पाइने
2023-05-10 16:03:18cri
Share with:

सरकारले वैदेशिक रोजगारीबाट आउने नेपाली नागरिकले आफ्नो साथमा बढीमा दुईवटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेको छ । मन्त्रिपरिषदको बैठकले झिटीगुण्टा नियमावली संशोधन गर्दै आफ्नो साथमा बढीमा दुई वटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो।

 

यसअघिको व्यवस्थाअनुसार आफ्नो साथमा आफूले चलाइरहेको मोबाइल मात्रै ल्याउन पाउने व्यवस्था थियो। सो व्यवस्थाका कारण त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कयौं मोबाइल खोसिने गरेको गुनासो आएको थियो । मन्त्रिपरिषद्‌को यो निर्णय लागू भएपछि अब आफूले चलाइरहेको मोबाइल र अर्को थप एक मोबाइल ल्याउन पाइनेछ । सञ्चार र श्रम मन्त्रालयले आवश्यक गृहकार्य गरी छिट्टै यो व्यवस्था लागू गरिने मन्त्री शर्माले बताउनुभयो। साथै मन्त्रिपरिषद बैठकले एमडीएमएस पनि लागू गर्ने निर्णय गरेको कान्तिपुर अनलाइनले जनाएको छ।