चिनियाँ परराष्ट्रमन्त्री र जर्मनीका विदेशमन्त्री बीच वार्ता
2023-05-10 10:15:18CRI
Share with:

चिनियाँ राज्य परिषदका सदस्य एवम् परराष्ट्रमन्त्री छिन काङले ९ तारिख बर्लिनमा जर्मनीका विदेशमन्त्री आन्नालेना बयरबोकसँग भेट-वार्ता गर्नुभएको छ। 

मन्त्री छिन काङका अनुसार, चीन र जर्मनी दुवै ठूला देश हुन्। वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिमा दुई पक्षले वार्ता तथा सहकार्यलाई सबल पार्नुपर्छ। विविध विश्वव्यापी समस्या तथा चुनौतीका सामु विभिन्न देशहरूले सहकार्य गर्नुपर्छ र भिडन्त होइनन, एक आपसलाई सम्मान गर्नुपर्छ र आलोचना होइन। 

जर्मनीले दुई पक्षबीच उच्चतहको आदानप्रदान र विभिन्न क्षेत्रको सहयोगमाथि उच्च महत्व दिनुका साथै जर्मनी र चीनबीच सातौँ सरकारस्तरीय छलफलको आयोजनाको प्रतिक्षामा रहेको मन्त्री बयरबोकले व्यक्त गर्नुभएको छ। 

दुई पक्षले युक्रेन समस्याबारे पनि वैचारिक आदानप्रदान गरेका छन्। छिन काङले चीनको धारणा व्याख्या गर्दै चीनको अविच्छिन्न अडान शान्ति वार्ताको प्रवर्द्धन भएको बताउनुभएको छ। यूरोपेली देशहरूले संकटबाट शान्ति तथा सुरक्षा वातावरणकालागि पुनःप्रयास गरिनुपर्छ।