काठमाडौँ महानगरकी उपमेयर डङ्गोलले चीनमा कला प्रस्तुत गर्दै
2023-05-10 15:59:30cri
Share with:

काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले चीनमा आज एक कार्यक्रममा आफ्नो कला प्रदर्शन गर्नुहुने भएको छ।

 

चीनको छाङ्सा सहरमा मंगलबारबाट सुरु भएको ‘छाङ्सा फ्राग्रान्ट टुरिजम समिट’मा नेपालको तर्फबाट उपमेयर डङ्गोलले आफ्नो प्रस्तुति दिन लाग्नुभएको रातोपाटी अनलाइनले जनाएको छ।

 

वर्ल्ड टुरिजम सिटिजन फेडेरेसन (डब्लुटिसिएफ) को निमन्त्रणामा मंगलबार चीन प्रस्थान गरेकी उपमेयर डङ्गोलले काठमाडौँको सहरी पर्यटनको सम्भावनाका लागि लोक तथा सांस्कृतिक जीवन, कला, साहित्य र सिर्जना विषयमा आफ्नो प्रस्तुति दिने बताइएको छ।

 

 विश्व पर्यटन पुनरुत्थानका लागि सहरको शक्ति’ भन्ने थिममा  प्रस्तुति दिने महानगरपालिकाले जनाएको छ।