पैचिङको निषिद्ध दरबारमा तिब्बती तत्वहरू
2023-05-10 14:43:19CRI
Share with:

"निषिद्ध दरबार र तिब्बती सांस्कृतिक अवशेषहरूको संयुक्त प्रदर्शनी" हाल पैचिङको निषिद्ध दरबार सङ्ग्रहालयमा जारी छ। उक्त प्रदर्शनीमा ५०० भन्दा बढी बहुमूल्य सांस्कृतिक अवशेषहरू प्रदर्शनमा राखिएका छन्।

हजारौँ वर्षदेखि तिब्बत र चीनका अन्य ठाउँहरू बीच बारम्बार सम्पर्क हुँदै आएका छन्, तिब्बतीहरू र अन्य जातिका मानिसहरूले एकअर्कालाई भाइबहिनीका रूपमा लिएका छन्। निषिद्ध दरबार नै तिब्बत र चीनका अन्य ठाउँहरू बीच आदान-प्रदान, मेलमिलाप र एकीकरणको साक्षी हो र यी बहुमूल्य सांस्कृतिक अवशेषहरूले चिनियाँ संस्कृतिको विविधतालाई पनि प्रमाणित गरेका छन्। 

तिब्बत तिब्बती जनता बसोबास गर्ने एक प्रमुख क्षेत्र हो र चीनका अन्य क्षेत्रका सबै जातीय समूहका मानिसहरूसँग ऐक्यबद्धता भएको सांस्कृतिक जैविक प्रणाली स्थापना भएको छ।