२०औँ आशियान एक्स्पोको तयारी कार्य सुचारू
2023-05-10 15:11:39CRI
Share with:

२०औँ आशियान एक्स्पोका लागि उच्च पदाधिकारी बैठक मे ९ तारिख चीनको क्वाङ सी प्रान्तीय नान निङ शहरमा आयोजना भएको छ। २०औँ आशियान एक्स्पोको तयारी कार्यबारे छलफल गर्न चीन र आशियानअन्तर्गत विभिन्न देशका अर्थतन्त्र तथा व्यापारसम्बन्धी विभाग, लगानी प्रवर्द्धन विभाग र आशियान सचिवालयका पदाधिकारी, चीनका लागि आशियान मुलुकका राजदूतका प्रतिनिधिहरू, क्वाङ सी प्रान्तका विभिन्न विभागका जिम्मेवार व्यक्तिहरू उक्त बैठकमा सहभागी भएका छन्। 

आशियान सचिवालयका महासचिव वै चाउह्वीका अनुसार, २०औँ आशियान एक्स्पोको तयारी कार्य सुचारू रूपमा भइरहेको छ।  

साथै अनलाइन आशियान एक्स्पोको निर्माण कार्य पनि भइरहेको छ। जुन महिनाको अन्तसम्ममा सबै प्रकार्यको निर्माण पूरा गरेर व्यवसायलाई वर्षभरि व्यवसायिक सेवा दिनेछ।