क्वाङ चौ व्यापार मेलाः चीन वैदेशिक व्यापारलाई जोड्ने पुल
2023-05-10 14:13:33CRI
Share with:

सन् १९५७ मा स्थापना भएको चीन आयात निर्यात मेला अर्थात् क्वाङ चौ व्यापार मेला हरेक वसन्त र शरद ऋतुमा क्वाङ चौ सहरमा आयोजना हुँदैएको छ। यो मेला चीनको विदेशतर्फ व्यापार गर्ने सबैभन्दा प्रारम्भिक झ्याल हो। साथै चीनमा सबैभन्दा लामो इतिहास भएको तथा सबैभन्दा ठूलो परिमाण भएको र सबैभन्दा फलदायी अन्तर्राष्ट्रिय व्यापार मेला हो। यसला चीनको पहिलो मेलासमेत मानिन्छ। महामारीपछि पुनः शुरू भएको १३३औँ क्वाङ चौ व्यापार मेला हालै सम्पन्न भएको छ। ३४ हजार वटा व्यवसायले प्रत्यक्ष रूपमा भाग लिएको उक्त मेलामा मेलास्थलमा संलग्न निर्यात कारोबार रकम २१ अर्ब ६९ करोड अमेरिकी डलर पुगेको छ साथै वेबसाइटबाट कारोबारको रकम ३ अर्ब ४२ करोड अमेरिकी डलर पुगेको छ।

क्वाङ चौ व्यापार मेलाले चिनियाँ वैदेशिक व्यापारको जीवन्त शक्ति देखाएर विश्व अर्थतन्त्रमा पनि जीवन्त शक्ति थप्नुका साथै चीनको विश्वास र आशा दिएको छ। यसका साथै विश्व उद्योग र वाणिज्य क्षेत्रले चिनियाँ अर्थतन्त्रमाथि विश्वास लिएर भविष्यमा चीनसँगको आर्थिक व्यापारिक सहयोगलाई गहन पार्न पनि विश्वास दिएको छ।