अमेरिकाद्वारा “ह्याकर साम्राज्य”को पुनःपरिभाषा
2023-05-11 16:26:10CRI
Share with:

 

मे ४ तारिख चीनको राष्ट्रिय कम्प्युटर भाइरस आपतकालीन प्रतिक्रिया केन्द्र र ३६० ग्रुपले संयुक्त रूपमा जाँच प्रतिवेदन प्रकाशित गरी अमेरिकी सेन्ट्रल इन्टेलिजेन्स् एजेन्सी अर्थात सीआईएले इन्टर्नेटमार्फत अरू मुलुकमाथि क्रमण गरेको अवस्थाबारे देखाएको छ। प्रतिवेदनले चीन र अरू मुलुकमा देखिएका केही साइबर सुरक्षा मामिलाको विशिष्ट प्रकृया देखाएर सीआईएको साइबर आक्रमण तथा जासुसी गतिविधि, सम्बन्धित हानिकारक गतिविधि र “ह्याकर साम्राज्य”को रूपमा रहेको अमेरिकाले गरेको तथाकथित योगदानबारे गहिरो रूपमा विश्लेषण गरेको छ।

 

प्रतिवेदनमा ंल्याइएको छ कि, चीन र अरू मुलुकमा भएका धेरै वास्तविक मुद्दाबाट सीआईएले विश्वमा लामो समयसम्म साइबर क्रमण गरी विश्व नेटवर्क सुरक्षाला हानी गरिरहेको प्रमाणित गरिएको छ। अमेरिकाले तथाकथित साइबर सुरक्षाको निहुँमा गुट बनाएर विभाजन र द्वन्द्व सिर्जना गरेको छ, तथाकथित सार्वजनिक सुरक्षाको निहुँमा अरूमाथि निगरानी गरी गोपनीयता भंग गरेको छ, तथाकथित प्रविधि सुरक्षाको निहुँमा प्राविधिक नाकाबन्दी लागू गरी विकासको अधिकारमा क्षति पुर्याएको छ……अमेरिकाको प्रभूत्वको हात जताततै फैलिएको छ, फूला सुरक्षा गाइडरको रूपमा लिने अमेरिकाले विश्वको सुरक्षा र विकासमा प्रणालीगत क्षति पुर्याएको छ।

 

यति मात्र होइन। अमेरिकाले गोपनीयता भंग गर्ने दोष चाहिँ अरू मुलुकमाथि लगाएको छ। ९ तारिख अमेरिकी विदेशमन्त्री न्टोनी ब्लिन्केनले चीनले सिनच्याङ, तिब्बत दि क्षेत्रका अल्पसंख्यक जातीय समूहला डीएनए जैविक डाटा संकलन गरेबाट उनीहरूला निगरानी गरेको उल्लेख गरेका छन्। त्यसपछि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले अमेरिकाको भनाइ निकै बेतुका भएको भन्दै चीन कानूनबाट शासित देश भएकाले चिनियाँ नागरिकको गोपनीयता कानूनबाट सुरक्षित भएको तर अमेरिकाले जीन डाटाको व्यापक संकलन गरिरहेको रोप लगाउनुभयो। वाल स्ट्रिट जर्नलका अनुसार, अमेरिकी पेन्टागनले जीन हतियारमार्फत अरूला प्रहार गर्ने अनुसन्धान कार्यक्रम तर्जुमा गरेको छ, एशियाका चिनियाँ, युरोपका आर्यन, मध्य पूर्वका अरबेलीका जीनला अमेरिकी सेनाले संकलनको दायरामा राखेको छ। रसिया टुडे टीभीका अनुसार, अमेरिका वायु सेना शिक्षा र प्रशिक्षण मुख्यालयले भर्ती सूचना सार्वजनिक गरी रूसीहरूको आरएनए र सिनोभियल तरल पदार्थ नमूनाको संकलन गर्न चाहेको विशेष गरी उल्लेख गरेको थियो। कसले जीन प्रयोग गरेर गोप्य कुरा गरेको छ त सबैको मन ऐनाजस्तै स्पष्ट भएको छ।

 

एकातिर अन्य व्यक्तिको गोपनीयतामा आक्रमण र डाटा चोरी गरी विश्वला हानी गरेको छ भने अर्कातिर फूले गरेको गतिविधिको दोष अरूमाथि लगाएको छ जुन अमेरिका हो, उस्ले “ह्याकर साम्राज्य”ला पुनःपरिभाषित गरेको छ।