पश्चिम नेपालको कालिकोटका कृषि उत्पादन अब विश्व बजारमा
2023-05-11 15:39:53cri
Share with:

कालिकोटको तिलागुफा नगरपालिकाले यहाँका स्थानीय उत्पादनलाई विश्व बजारमा बजारीकण गर्ने भएको छ। नगरपालिकाले गाउँका किसानको अर्गानिक उत्पादन सोझै उपभोक्ताको पहुँचमा पुगाउन खोलिएको मुना कृषि लिमिटेडसँग सम्झौता गरी यहाँका स्थानिय उत्पादनलाई विश्व बजारमा बजारीकण गर्ने थालेको हो।

मुना कृषि लिमिटेड र तिलागुफा नगरपालिकाबीच २०७९ चैत ८ गते तिलागसफाका स्थानिय उत्पादन बजारीकरण गर्नका लागि ५ वर्षे दुई पक्षीय सम्झौता भएको थियो। स्थानीय कृषि उपजको संकलन वैज्ञानिक एवं आधुनिक प्रशोधन गरी विश्व बजारमा बजारीकरण गर्ने उद्देश्यसहित मुना कृषि लिमिटेडको शाखा नै तिलागुफामा स्थापना गरिएको मुना कृषि लिमिटेडका अध्यक्ष युवराज गुरुङले बताउनुभयो। उहाँका अनुसार कर्णाली बाट अहिले ३३ प्रकारका रैथाने बालीहरूको संकलन एवं बिक्री वितरण भइरहेको छ।

गैर आवासीय नेपाली संघद्वारा सञ्चालित यस मुना कृषि लिमिटेडमा विभिन्न पक्षको सहकार्य छ। जुन सहकार्यमा कर्णालीबाट तिलागुफा नगरपालिका पनि जोडिएको हो। बजार सुरु गरेको ९ महिनामा ५३ जिल्लाबाट कृषि बस्तु ल्याउन सुरु गरेको यस मुना कृषि लिमिटेडले अब चाडै ७७ जिल्लाको कृषि बस्तु बजारमा ल्याउने लक्ष्य राखेको अध्यक्ष गुरुङले बताउनुभयो।

तिलागुफा नगरपालिका प्रमुख शंकरप्रसाद उपाध्यायले अब कृषि उत्पादनले बजार पाउने निश्चित भएको बताउनुभयो। अब किसानले उत्पादन गरेको बस्तु कुहिएर जादैन। विगतमा यहाँको स्याउ, सिमी, आलुलगायतका अन्य तरकारीजन्य बाली बजारकै समस्याले खेर जाने गरेका थिए।