यस वर्षको अघिल्ला चार महिनामा चीनको विदेशी व्यापार निरन्तर बढेको
2023-05-11 09:20:26CRI
Share with:

चीनको भन्सार मन्त्रालयले हाल तथ्याङ्क सावर्जनिक गरेअनुसार चालू वर्षको अघिल्ला चार माहिनामा चीनको विदेशी व्यापारको कूल आयात निर्यात रकम १३३खर्ब २०अर्ब चिनियाँ युआन पुगेको छ भने गत वर्षको सोही अवधिको तुलनामा ५.८प्रतिशतले बढेको छ। यसमध्ये निर्यात रकम ७६खर्ब ७० अर्ब चिनियाँ युआन छ भने गत वर्षको सोही अवधिको तुलनामा १०.६प्रतिशतले बढेको छ। र आयात रकम ५६खर्ब ५० अर्ब चिनियाँ युआन पुगेको छ भने गत वर्षको सोही अवधिको तुलनामा ०.०२प्रतिशतले बढेको छ। यसप्रति चीनको वाणिज्य मन्त्रालयअन्तर्गत अन्तर्राष्ट्रिय व्यापारिक तथा आर्थिक सहयोग अनुसन्धान प्रतिष्ठानका उपप्रमुख चाङ च्येन फिङका अनुसार चालू वर्षको अघिल्ला चार महिनामा चीनको विदेशी व्यापारको आयात निर्यात ५.८प्रतिशतको बृद्धि सिर्जना गर्दछ। यो उपलब्धि बजारको अपेक्षाभन्दा बाहिर छ।

यसले यो पनि देखाउँछ कि चीनले अहिले विश्व बजारमा समग्र माग घट्ने प्रतिकूल वातावरण र अवस्थाको सामना गरिरहेको छ। चीनको वैदेशिक व्यापार लचिलोपन यो अझै पनि अपेक्षाकृत बलियो छ। चीनको वर्तमान प्रमुख निर्यात शक्ति अपेक्षाकृति बलियो भएको छ। धेरै प्रमुख निर्यात प्रान्तहरूले विदेशी व्यापार प्रक्रियामा अपेक्षाकृत महत्त्वपूर्ण सहयोगी भूमिका खेलेको छ।

भन्सार मन्त्रालयको तथ्याङ्कका अनुसार यस वर्षको पहिलो चार महिनामा चीन र "बेल्ट एण्ड रोड" सम्बन्धी तटवर्ती देशहरूबीच आयात र निर्यात 4.61 ट्रिलियन युआन पुगेको छ, जुन वार्षिक रूपमा 16% ले बढेको छ। चीन र उदीयमान बजार देशहरू विशेष गरी "बेल्ट एण्ड रोड" सम्बन्धी तटवर्ती राष्ट्रबीचको वैदेशिक व्यापार सम्भावना निरन्तर जारी भइरहेको छ।

उपप्रमुख चाङ च्येन फिङका अनुसार चीनले बेल्ट एण्ड रोड सम्बन्धी साझेदारीहरुसँगको व्यापार मात्राको बृद्धि अन्य राष्ट्रको व्यापारको बृद्धिको तुलनामा धेरै बढी भएको छ। चीन र यी साझेदारी राष्ट्रहरुले नीति,पूर्वाधार,व्यापारिक सुविधा,पूँजी,जनताबीचको घनिष्ट आदानप्रदान गरी पाँच सम्पर्कमा पारस्पिरक रुपमा व्यापारको प्रवर्द्धन गर्दै आएको देखिन्छ। जसले चीनको वैदेशिक व्यापारका लागि नयाँ प्रवर्द्धन शक्ति सिर्जना गर्दछ।

 यसका साथै आशियान निरन्तर रुपमा चीनको सबैभन्दा ठूलो व्यापार साझेदारीको रुपमा भइरहेको छ। चीनले आशियानका लागि  2.09 ट्रिलियन युआनको आयात निर्यात सिर्जना गरेको छ। जुन चीनको कूल वैदेशिक व्यापारको 15.7प्रतिशत औगटेको छ। यस वर्षको अघिल्ला चार महिनामा युरोपेली सँघका लागि चीनको आयात निर्यात 1.8 ट्रिलियन युआन छ भने गत वर्षको सोही अवधिको तुलनामा  4.2प्रतिशतले बढेको छ। यस सम्बन्धमा उपप्रमुख चाङ च्येन फिङले यसरी भन्छन्:

 "हामीले यो पनि देख्छौं कि चीन र आशियानबीचको स्वतन्त्र सम्झौता अपग्रेड गरिएको सँस्करणबाट लाभान्वित भएर आशियान नै निरन्तर रुपमा चीनको सबैभन्दा ठूलो विदेशी व्यापार साझेदार बनेको छ। हाल यी दुबै पक्षबीचको वैदेशिक व्यापारले दोहोरो अंकको उच्च वृद्धि देखाउन जारी राखेको छ, जसले चीनको वैदेशिक व्यापारलाई स्थिर बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ।