काठमाडौंमा उद्यमशीलता सम्मेलन आयोजना
2023-05-11 15:41:37cri
Share with:

काठमाडौंमा नाइफ उद्यमशीलता सम्मेलन २०२३ सम्पन्न भएको छ । नाइफ काठमाडौंले २३ वैशाखमा मल्ल होटलमा आयोजना गरेको सम्मेलनको उद्देश्य युवा तथा महिला उद्यमीहरूलाई प्रवर्द्धन र सहयोग गर्ने रहेको थियो ।

 

सम्मेलनको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, सांसद सोविता गौतम, नाइफ एनजीसीका अध्यक्ष रितेश लामिछाने र नाइफ काठमाडौंका अध्यक्ष चिराग गोयलले संयुक्त रुपमा गरेको अनलाइनाखबरले लेखेको छ।

 

कार्यक्रममा नाइफ काठमाडौंका अध्यक्ष गोयलले देशको आर्थिक विकासका लागि युवाहरूमा रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो। उद्यमशीलतामा महिलालाई  प्रोत्साहन गर्न सरकारले दर्ता, कानुनी मामिला आदिमा नियम र कानुन बनाएर सहयोग गर्न सक्नेमा उहाँको जोड थियो ।

नाइफ उद्यमशीलता सम्मेलनमा प्यानलगत छलफलका साथै उद्यमशील यात्रा, उत्पादन र सेवाबारे प्रदर्शनी गरिएको आयोजकले जनाएको छ । नेपालको उद्यमशील इकोसिस्टममा रहेका नयाँ प्रवृत्ति र अवसरहरूबारे जान्नका लागि उद्योग विशेषज्ञहरू र भेन्चर क्यापिटलिस्टहरूसहित ५०० भन्दा बढीले कार्यक्रममा भाग लिएका थिए। नाइफ काठमाडौं च्याप्टरले ३० भन्दा बढी स्टलहरूलाई आफ्ना उत्पादन, व्यवसाय र सेवाहरू प्रदर्शन गर्ने अवसर प्रदान गरेको थियो। स्टलहरू उद्यमीहरू बीच नेटवर्किङ र सहकार्यको लागि उत्कृष्ट प्लेटफर्म थिए।