स्योङआन नयाँ क्षेत्रको उच्च गुणस्तरको विकासको खाका कोर्दै चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ
2023-05-11 14:16:02CRI
Share with:

मे १० तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले हाइस्पिड रेलद्वारा पैचिङबाट १०० किलोमिटर भन्दा टाढा पर्ने स्योङआन नयाँ क्षेत्रमा अनुसन्धान गर्दै उच्च मापदण्ड र उच्च गुणस्तरीय स्योङआन नयाँ क्षेत्रको निर्माण सम्बन्धी गोष्ठीको अध्यक्षता गर्नुभएको छ। उहाँको उक्त कदमबाट चीनको "सहस्राब्दी योजना र राष्ट्रिय घटना" मा फेरि एक पटक बाहिरी संसारको ठूलो ध्यानाकर्षण भएको छ। चीनको राजधानीको छेवैमा नयाँ क्षेत्रको निर्माण किन गर्ने? यसबारे विस्तारमा व्याख्या गर्दैछौं।

किन स्योङआन नयाँ क्षेत्र "सहस्राब्दी योजना" हो?

एक्काइसौं शताब्दीमा पैचिङको सामु ठूला शहरमा जस्तै विभिन्न समस्याहरू देखा परिरहेका छन्। राजधानी बाहेक पैचिङका अन्य भूमिकाहरूलाई लचिलो र सहज बनाउनको लागि, ती भूमिका खेल्नसक्ने एउटा पर्याप्त परिमाणको क्षेत्र निर्माण गर्न आवश्यक छ। धेरै विभागहरू र विशेषज्ञहरूको बारम्बार वैज्ञानिक अनुसन्धानपछि, चीनले अन्ततः सन् २०१७ को अप्रिलमा स्योङआन नयाँ क्षेत्र स्थापना गर्ने निर्णय गर्यो। यो योजना भावी पुस्तासँग घनिष्ट सम्बन्ध हुने 'सहस्राब्दी योजना' हो भन्ने ठहर चीनका राष्ट्राध्यक्ष सी चिनफिङले गर्नुभयो।

बुद्धिमत्ता(एआई), हरित र नवीनताको व्यापार कार्डको रूपमा, स्योङआन नयाँ क्षेत्र केवल एक शहर मात्र होइन, यो चीनको आधुनिकीकरण निर्माणको लागि बेन्चमार्क हो र विश्व-स्तरीय आधुनिक शहरको चिनियाँ नमूना पनि हो।

भविष्यको शहरको निर्माण कसरी गर्ने?

सन् २०१७ देखि यता, ६ वर्ष मात्रैको समयमा, स्योङआन नयाँ क्षेत्र, एक उच्च-स्तरीय आधुनिक शहरको रूपमा उदय भइरहेको छ। स्योङआन इन्टरसिटी स्टेशन र अन्तर्राष्ट्रिय व्यापार केन्द्र परियोजनाको निर्माण स्थलको निरीक्षण गर्दा राष्ट्राध्यक्ष सीले यसरी भन्नुभयो, ‘यातायात आधुनिक शहरहरूको रक्तरेखा हो र त्रि-आयामिक यातायात सञ्जालको निर्माण गर्दा भूमिगत स्थानको पूर्ण प्रयोग गर्नुपर्छ र "शहरी समस्या" बिना भविष्यको शहरको सिर्जना गर्न प्रयास गर्नुपर्छ। शहरी शासनको आधुनिकीकरणलाई एकैसाथ बढाउनुपर्छ। यसो गर्दा आधारभूत सार्वजनिक सेवाहरूको समानतालाई सक्रिय रूपमा बढाउनुपर्छ र नयाँ युगमा उपयुक्त "जनताको शहर" निर्माण गर्नुपर्छ।

स्योङआन नयाँ क्षेत्रको प्राथमिक कार्य भनेको राजधानी बाहेक पैचिङका अन्य भूमिकाहरूलाई राहत दिने ठाउँको रूपमा सेवा गर्नु हो। यसबारे चर्चा गर्दै राष्ट्राध्यक्ष सीले यसरी जोड दिनुभयो, ‘वित्तीय संस्थाहरू, वैज्ञानिक अनुसन्धान संस्थानहरू लगायतका संस्थाहरूको स्थानान्तरण लगायत विभिन्न कार्यहरूको कार्यान्वयनलाई ठोस रूपमा अघि बढाउनुपर्छ। यसै क्रममा बजार संयन्त्र र सरकारी मार्गदर्शनको संयोजनको पालना गर्नुपर्छ र बजार-उन्मुख कानूनी माध्यमहरूमार्फत् बाहिरी ती भूमिकाहरूलाई विकेन्द्रीकरण गर्न आवश्यक छ।’

साथै स्योङआन नयाँ क्षेत्रको विकास खाकाबारे ब्याख्या गर्दै राष्ट्राध्यक्ष सीले यसरी भन्नुभयो, ‘विकासलाई नवीनताका साथमा सुधारका विभिन्न क्षेत्रमा अत्याधुनिक नीति र उपायहरू र अग्रगामी नवप्रवर्तन पाइलट प्रदर्शन परियोजनाहरूको कार्यान्वयन स्योङआन नयाँ क्षेत्रमा गर्ने प्रोत्साहन गर्नुपर्छ जसबाट स्योङआन नयाँ क्षेत्रलाई नवीनता हाइल्याण्ड र उद्यमशील स्थल बनाउन सकिन्छ। स्योङआन नयाँ क्षेत्रलाई सुधार र खुलापनको उच्च भूमिको रूपमा निर्माण गर्नुपर्छ।’