सी चिनफिङद्वारा नौसेना पनडुब्बी बललाई जवाफी चिट्ठी
2023-05-11 18:50:15cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले हाल नौसेना पनडुब्बी बलको एक दललाई जवाफी चिट्ठी पठाएर हार्दिक प्रोत्साहन गर्नुभएको छ।

 

सी चिनफिङले समुद्रमा रहेको पनडुब्बी बलको गौरवशाली मिशन र ठूलो जिम्मेवारी रहेको भन्दै कमरेडहरूले पार्टी र जनताको आशा बोकेर शक्तिशाली पनडुब्बी बलको विकास गरेर जनमुक्ति सेना स्थापना हुने शत वार्षिकी लक्ष्यलाई पूरा गर्न अरू ठूलो योगदान गर्नसक्ने आशा आफूले लिएको दोहोर्याउनुभयो।

 

सन २०१३को अप्रिलमा सी चिनफिङले उक्त दलका सैनिकहरूसँग भेट गरी गहिरो रूपमा आदान-प्रदान गर्नुभएको थियो। दश वर्षयता उक्त दलका सैनिकहरूले कर्तव्य जिम्मेवारीपूर्वक पूरा गरी विभिन्न ठूला कार्य पूरा गरेका छन्। हाल उक्त दलका सैनिकहरूले सी चिनफिङलाई चिट्ठी लेखेर अध्यक्षले दिनुभएको जिम्मेवारी मेहनतपूर्वक अभ्यास गरी लडाईँमा सफलता पाउने दृढ विश्वास र अठोट देखाएका छन्।