जर्मनी चान्सलर र चिनियाँ परराष्ट्रमन्त्रीबीच बर्लिनमा भेटवार्ता
2023-05-11 14:33:03CRI
Share with:

जर्मनी चान्सलर ओलाफ शोल्जले १० तारिख बर्लिनमा चिनियाँ परराष्ट्रमन्त्री छिन काङसँग भेटवार्ता गर्नुभएको छ। 

चान्सलर शोल्जले जर्मनीमा दुई देशको सातौं सरकारी छलफलको आयोजना हुने प्रतिक्षामा रहेको बताउनुभयो। विश्वको बहु- ध्रुवीकरण भएको पृष्ठभूमिमा विभिन्न पक्षबीच मतैक्यताका साथ विश्व शान्तिको संरक्षण गर्नुपर्छ। जर्मनीले चीनको भूमिका र प्रभावमाथि महत्व दिँदै युक्रेन संकटलगायत महत्वपूर्ण मामिलामा चीनसँगको आदानप्रदानलाई सबल पार्ने इच्छा राखेको छ। 

प्रत्युत्तरमा चिनियाँ परराष्ट्रमन्त्री छिन काङले अन्तर्राष्ट्रिय जगतले सहकार्यलाई सबल पारेर हातमा हात मिलाए चुनौतीको सामना गर्नुपर्ने कुरा व्यक्त गर्नुभएको छ। महत्वपूर्ण प्रभावकारी देश र चौतर्फी रणनीतिक साझेदार हुनुको हैसियतमा चीन र जर्मनीले कुराकानी तथा सहकार्यलाई सबल पारेर विश्वमा अझ बढी स्थिरता, निश्चितता र सक्रिय शक्ति थप्न सहयोग गर्नुपर्छ। 

युक्रेन मामिलाबारे चीनको अविच्छिन्न अडान शान्ति वार्ताको प्रवर्द्धन भएको छिन काङले बताउनुभयो। छिटै युद्धविराम गरी वार्ताद्वारा राजनीतिक समाधान गर्नुपर्छ।