संयुक्त परामर्श, निर्माण, साझेदारीमा अडिग रहनु बेल्ट एन्ड रोड स्वागत भएको मुख्य कारण हो: चीनको परराष्ट्रमन्त्रालय
2023-05-12 18:31:03cri
Share with:

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता वाङ वनपिनले राष्ट्राध्यक्ष सी चिनफिङले अघि सार्नुभएको बेल्ट एन्ड रोडको स्वागत हुनुको मुख्य कारण नै संयुक्त परामर्श, निर्माण, साझेदारीमा अडिग रहनु भएको कुरा व्यक्त गर्नुभएको छ।

१२ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता वाङले उक्त कुरा बताउनुभएको हो।

 

हाल युरोपेली थिङ्क ट्यांक ब्लुगेर प्रतिष्ठानले प्रतिवेदन सार्वजनिक गरी दश वर्षयता बेल्ट एण्ड रोडले धेरै चुनौती र परिक्षाको सामना गरी विश्वव्यापी रुपमा, विशेष गरी व्यापक विकासोन्मुख मुलुकको प्रशंसा पाएको छ।

त्यसबारे पत्रकारको प्रश्नको जवाफ दिँदै प्रवक्ता वाङले चीनले जहिले पनि आफ्नो विचार अरूमाथि जबर्जस्ती रूपमा नलाद्ने तर खुला तथा उदार अन्तर्राष्ट्रिय सहयोग मञ्चको रूपमा रहेको बेल्ट एण्ड रोडले थोरै मुलुकलाई सेवा गर्न मात्र नभई अझ उदार, समावेशी, सन्तुलित साझा विश्व विकासलाई सेवा गर्ने व्यक्त गर्नुभयो। विभिन्न तथ्यसमक्ष बेल्ट एण्ड रोडलाई बदनाम गर्ने सबै झुटहरू पक्कै विफल हुने पनि प्रवक्ता वाङले उल्लेख गर्नुभयो।