वाङ यी र अमेरिकी राष्ट्रपतिका सुरक्षा मामिला सहायक बीच वार्ता
2023-05-12 10:17:38CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक व्यूरोका सदस्य एवम् केन्द्रिय वैदेशिक मामिला समिति कार्यालयका प्रमुख वाङ यीले अमेरिकी राष्ट्रपतिका सुरक्षा मामिला सहायक सुलिभानसँग वार्ता गर्नुभएको छ। 

दुई पक्षले चीन र अमेरिका सम्बन्धको विकासबारे सदिच्छापूर्ण, गहन तथा रचनात्मक छलफल गरेका छन्। वाङ यीले थाइ वान मामिलासम्बन्धी चीनको अडानबारे चौतर्फी रूपमा व्याख्या गर्नुभएको छ। दुई पक्षले एशिया-प्रशान्त परिस्थिति, युक्रेनलगायत साझा अभिरूचि अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलाबारे वैचारिक आदानप्रदान गरेका छन्। दुई पक्षले यस रणनीतिक आदानप्रदान मञ्चको निरन्तरताका साथै यसको सदुपयोग गर्न स्वीकार गरेका छन्।