“आवाजविहीन बेकरी” का जर्मन मालिकद्वारा श्रवण समस्या भएका व्यक्तिहरूमा आशा जगाइएको
2023-05-12 08:30:01CRI
Share with:

जर्मन मार्कुस होफ्मलेरले लेपजिग विश्वविद्यलालयबाट चिनियाँ भाषामा विद्यावारिधी गर्नुभएको छ। बीस वर्षअघि मार्कुस पहिलो पटक चीन आउनुभएपछि चीनतर्फ आकर्षित भएको थियो। बीस वर्षपछि उहाँले हु नान प्रान्तीय छाङशा शहरमा एक बेकरी सञ्चालन गर्नुभएको छ। उहाँले श्रवण समस्या भएका व्यक्तिहरूमा आशा जगाउनुभएको छ। 

सन् २०१९ मा ह मोखाइले निङ स्याको यिन छ्वानको एक प्राथमिक विद्यालयले विदेशी भाषाका शिक्षक भित्र्याउने सूचना पाउनुभयो। यिन छ्वानमा दुई वर्षसम्म काम गर्नुभएपछि यो प्राथमिक विद्यालय बन्द भयो। त्यस अवधिमा उहाँले बाह नामक बेकरी बिक्री गर्ने सूचना देख्नुभयो। ह भन्नुहुन्छ “मैले इन्टर्नेटमा यो बेकरी बिक्रीकोलागि राखेको सूचना देखेँ। मैले तुरुन्तै मालिक ऊ चङरुङसँग सम्पर्क गरेँ। उनले बेकरीको व्यवस्थापन गर्ने मानिस खोज्दै थिए।” 

ऊ चङरुङ बाह बेकरीका पूर्व मालिक हुन्। उनी पनि जर्मन नागरिक हुन्। सन् २००२ मा श्रवण शक्तिमा समस्या भएका बालबालिकाको सहयोग परियोजनाका कारण ऊ चङरुङ र उनकी श्रीमती जर्मनीबाट छाङ शा शहर आएका थिए। अझै धेरै श्रवण समस्या भएका व्यक्तिहरूलाई मद्दत दिनका लागि ऊ चङरुङ जोडीले सन् २०११ मा यो बेकरी खरीद गरेका थिए र जर्मनीको पाउरोटी बनाउने प्रविधिलाई यस्ता व्यक्तिहरूलाई सिकाउने निर्णय गरेका थिए। त्यसपछि “आवाजविहीन बेकरी” कहलाइएको बेकरी खोलिएको थियो। सन् २०२२ मा ऊ चङरुङ र उनकी श्रीमतीले जन्मथलो जर्मनी फर्कने योजना बनाएका थिए। उनीहरूले बेकरीको बिक्री गर्ने सूचना सार्वजनिक गरेका थिए। 

परिवारका कारण ह मोखाइले सानो उमेरदेखि कुकिङप्रति चासो लिएका थिए। उहाँका पनि श्रवण समस्या भएका साथीहरू छन्। त्यसैले उहाँले उक्त समूहका लागि केही मद्दत गर्ने आशा लिनुभयो। सन् २०२२ मार्च महिनामा ह मोखाइ परिवारसहित छाङ शा शहर जानुभयो। 

ह मोखाइकाअनुसार, उहाँले मजदूरलाई बेकिङ प्रविधि सिकाए भने मजदूरहरूले उहाँलाई साङ्केतिक भाषा सिकाएका छन्। हाल ह मोखाइ र मजदूरहरूको साझा प्रयासमा बेकरीको विभिन्न कार्यहरू राम्रो बन्दैछ। श्रवण समस्या मजदूरहरूको श्रेष्ठताबाट उहाँको मन छोएको छ। ह भन्नुहुन्छ “मेरो विचारमा ती मजदूरहरू व्यावसायिक व्यक्ति हुन्। उनीहरू सुन्न सक्दैनन्, त्यसैले उनीहरूको दृश्य क्षमता बलियो छ। उनीहरू निष्ठापूर्वक काम गर्छन्। म उनीहरूसँग सहकार्य गर्न मन गराउँछु।” 

फुर्सदमा ह मोखाइ छाङ शा शहरमा घुमघाम गर्न जानुहुन्छ। विगत केही वर्षहरूमा उहाँ चीनको तीव्र विकासको साक्षी हुनुभएको छ। चीनको सहुलियत यातायात र आधुनिक ढुवानीले बेकरीका लागि सुविधा उपलब्ध गराएको छ। उहाँ भन्नुहुन्छ “चीनमा ठूलो परिवर्तन भएको छ। शहरीकरण, आधुनिकीरण, वैज्ञानिक विकास, जीवन स्तर निरन्तर रुपमा माथि उकासिएको छ। बीस वर्षअघिको तुलनामा हाल चिनियाँहरू निकै आत्मविश्वासी र स्वतन्त्र छन्।” 

भविष्यमा ह मोखाइले परिवारसँग चीनमा सुन्दर जीवन बिताउने, छोरीहरूले चीनमा चिनियाँ संस्कृति सिक्ने आशा लिनुभएको छ। उहाँले बाह बेकरीलाई निरन्तर रुपमा राम्रोसँग सञ्चालन गर्ने र श्रवण समस्या र विकार भएका व्यक्तिहरूलाई मद्दत गर्ने आशा लिनुभएको छ।