वनछ्वान महाभूकम्पको १५औँ स्मरण दिवस
2023-05-12 14:38:00CRI
Share with:

आज मे १२ तारिख, वनछ्वान महाभूकम्पको १५औँ स्मरण दिवस हो। सन् २००८ मे १२ का दिन चीनको सछ्वान प्रान्तको वनछ्वानलाई केन्द्रबिन्दु पारेर २ बजेर २८ मिनेट ४ सेकेन्डमा ८ म्याग्नेच्युडको महाभूकम्प गएको थियो। यसमा परी झन्डै ७० हजार जनाको मृत्यु भएको थियो।

वनछ्वानको यिङसिउ टाउनमा ३३ हजार वर्गमिटरमा फैलिएको सुआनखौ माध्यमिक विद्यालयमा भूकम्प गएको समयमा एक हजार पाँच सय २७ विद्यार्थी र एक सय ३३ शिक्षक अध्ययन तथा अध्यापन गर्दै थिए। सो भूकम्पमा ४३ विद्यार्थी, आठ शिक्षक, दुई कर्मचारी र अन्य दुई गरी ५५ जनाको मृत्यु भएको थियो।

हाल यो विद्यालयलाई भूकम्पपछिको अवस्थामा नै छाडिएको छ। एक जीवित भूकम्प सङ्ग्रहालयका रूपमा रहेको छ। यसले चिनियाँको दु :ख, पीडा दर्शाउनुका साथै पीडा र धूलोबाट शक्तिशाली भएर उठ्न प्रेरणा दिएको चिनियाँहरू मान्छन्।

वनछ्वान भूकम्पमा ६९ हजार दुई सय २७ को मृत्यु, १७ हजार नौ सय २३ जना बेपत्ता र तीन लाख ७४ हजार ६ सय ४३ जना घाइते भएका थिए। यो जनगणतन्त्र चीन स्थापनापछिकै सबैभन्दा विनाशकारी भूकम्पमध्येको एक हो।