चीनद्वारा टर्की, नेपाल, इन्डोनेशिया र अन्य देशहरूमा भूकम्पको पूर्व चेतावनी प्रविधि प्रदान
2023-05-13 16:28:56cri
Share with:

हालै सछ्वान छङ्तु हाई-टेक प्रकोप न्यूनीकरण संस्थानले बताएअनुसार यो संस्थानले विकास गरेको भूकम्पको पूर्व चेतावनी प्रविधिको प्रतिक्रिया समय र विश्वसनीयता जस्ता मुख्य प्राविधिक सूचकहरू र अनुप्रयोग सेवाहरूको मापन विश्वमा अग्रणी स्तरमा छन् र नेपाल, इन्डोनेसिया र टर्की जस्ता देशहरूमा क्रमिक रूपमा सेवाहरू प्रदान गरेको छ।

 

सन् 2008मा वनछ्वान भूकम्पपछि, चीनले भूकम्पको प्रारम्भिक चेतावनी र तीव्रता द्रूत रिपोर्टिङ टेक्नोलोजी र इन्जिनियरिङ परियोजनाहरूको श्रृंखलालाई अनुमोदन र समर्थन गरेको छ।

 

छङतु हाई-टेक प्रकोप न्यूनीकरण संस्था सन् 2008मा स्थापना भएको थियो। विगत १५ वर्षमा संस्थानको भूकम्प पूर्व चेतावनी प्रविधिमा आधारित भूकम्प पूर्व चेतावनी नेटवर्कले २४ लाख वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ भने ७६ वटा विनाशकारी भूकम्पलाई सफलतापूर्वक चेतावनी दिएको छ। मेक्सिको र जापानपछि जनतालाई भूकम्पको चेतावनी दिने क्षमता भएको विश्वको तेस्रो मुलुक चीन बनेको छ।