आमाको माया
2023-05-14 16:31:02CRI
Share with:

आमाको माया

 

मेरी प्यारी आमाको हातबाट 

धागोले

भौतारिँदै गरेको छोराको लुगा

सिलाइएको थियो।

म अबेर फर्किने चिन्ताले

मेरो बिदाअगावै

तिनीहरू बुनिएका थिए।

कसले भन्छ ,घाँसको धार जस्तै

मेरो मनले आमाको वासन्ती किरणजस्तो

कोमल मायालाई चुकाउन सक्छ।

 

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले सन् २०१५ को वसन्त पर्वको अवधिमा थाङ वंशका कवि मङ च्याउको प्रसिद्ध कविता "घुमन्ते छोराको गीत" बारे चर्चा गर्नुभएको थियो। यो कविताले उहाँ र उहाँको आमाको गहिरो सम्बन्धलाई व्यक्त गर्दछ।

 

परिवार जीवनको पहिलो कक्षाकोठा हो, आमाबाबु बालबालिकाका पहिलो शिक्षक हुन्। चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ महाधिवेशनदेखि नै राष्ट्राध्यक्ष सी चिन फिङले धेरै अवसरमा पारिवारिक शिक्षा र पारिवारिक शैली निर्माणको महत्वलाई जोड दिनुभएको छ।

 

आमाको मायाले पारिवारिक शैलीलाई विकास गर्छ र पारिवारिक शैलीले सामाजिक वातावरणलाई असर गर्छ। प्रत्येक परिवारको प्रगतिले अन्ततः देशको प्रगतिमा जोड दिनेछ, प्रत्येक परिवारले बनाएको मूल्य निश्चित रूपमा चिनियाँ राष्ट्रको महान कायाकल्पको शक्तिमा परिणत हुनेछ।