सँगै मिलेर बेल्ट एण्ड रोडको निर्माण
2023-05-15 14:55:54cri
Share with:

 

मे १८ देखि १९ तारिखसम्म चीन-मध्य एशिया शिखर सम्मेलन चीनको पल्लो शान सीको सदरमुकाम सीआनमा आयोजना गरिने छ। हाल चीन तथा मध्य एशियाली मुलुक बीच विभिन्न क्षेत्रमा रहेका वास्तविक सहकार्य लगातार रूपमा गहरिँदै आएको देखिन्छ। मध्य एशियाली क्षेत्रसँगै मिलेर उच्च गुणस्तरीय रूपमा बेल्ट एण्ड रोडको निर्माण गरिने नमुनात्मक क्षेत्र बनिसकेको छ। 

मे १४ तारिख सीआनबाट टुर्कमनिस्तानको राजधानी आश्गावाटसम्म जाने अन्तर्राष्ट्रिय उडान पहिलो पल्ट शुरू भएको छ। १८ तारिख सीआनबाट ताजिकिस्तानको राजधानी दुशान्बेसम्म जाने अन्तर्राष्ट्रिय एयर लाइन पनि शुरू हुने छ। त्यसैगरी सीआन मध्य एशियाका ५ वटा मुलुकसम्म उडान भर्ने चीनको एक मात्र शहर बन्ने छ।

 

रेल्वेबाट हेर्दा चालु वर्षका अघिल्ला ४ महिना सिन्च्याङबाट निस्केका चीन-युरोप (मध्य एशिया) रेलको संख्याले नयाँ ऐतिहासिक किर्तिमानको सिर्जना गरेको छ।