सीपीसीको केन्द्रिय समितिको चौथो सामूहिक कक्षामा सीको भाषण
2023-05-15 16:38:24cri
Share with:

मै १६ तारिख प्रकाशित हुने छ्यौश पत्रिकाको दशौँ अङ्कमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, चिनियाँ राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनिफिङले बाह्रौँ केन्द्रिय समितिको राजनैतिक व्यूरो चौथो सामूहिक कक्षामा दिनुभएको सम्बोधनलाई राखिने भएको छ।

उहाँको सम्बोधनमा सम्पूर्ण पार्टीमा नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादी विचारको गहन अभ्यास गर्दै वैचारिक तथा सैद्धान्तिक आधारलाई बलियो बनाउनु भन्ने उक्त कक्षाको उद्देश्य भएको जनाइएको छ।

नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादी विचारमा सुधार तथा विकास एवम् स्थिरता, आन्तरिक तथा कूटनीतिक मामिला एवम् रक्षा, पार्टीको संचालन तथा देशको शासन व्यवस्था एवम् सेनाको व्यवस्थापन लगायत विषयलाई समेटिएको छ। सीको सम्बोधनमा सो विचारको वैज्ञानिक प्रणाली तथा मुख्य बिन्दु बुझ्ने आवश्यकताका साथै राजनैतिक व्यूरोका सदस्यहरूलाई नमूना बन्नकालागि आह्वान गरिएको छ।