चीनका लागि फिलिपिन्सकी कृषि कन्स्युलरद्वारा चीनको कृषिको आधुनिकीकरणको प्रशंसा
2023-05-15 16:01:02cri
Share with:

 

चाइना मिडिया ग्रुपको एसिया अफ्रिका केन्द्र तथा चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत हु पै प्रान्तको स्याङ याङ शहर समितिको निम्तोमा चीनका लागि फिलिपिन्सकी कृषि कन्स्युलर आन नाले मे ८ तारिखदेखि ११ तारिखसम्म स्याङ याङ शहरको भ्रमण गरी स्थानीय कृषिको आधुनिकीकरणको विकासको सर्भेक्षण गर्नुभएको छ।

 

सो भ्रमणको अवधिमा आन नाले स्याङ याङको आधुनिक कृषिको धेरै पटक प्रशंसा गर्दै फिलिपिन्स र स्याङ याङका सम्बन्धित व्यवसायहरु बीचको सम्पर्कलाई अघि बढाउने विचार व्यक्त गर्नुभएको छ।

 

चाइना मिडिया ग्रुपको एसिया अफ्रिका केन्द्रले छायाँकन गरेको वृत्तचित्र “स्याङ याङका चार ऋतु” हेरेपछि कन्स्युलर आन नाले स्याङ याङबारे जानकारी लिनुभएको थियो। “स्याङ याङका चार ऋतु” वृत्तचित्रको प्रसारणपछि इन्टरनेटमा त्यसलाई हेर्नेको संख्या २० करोड भन्दा बढी पुगेको छ।