चीन सिर्जनशील मुलुकको पङ्क्तिमा प्रवेश
2023-05-15 14:56:50cri
Share with:

चीनको राज्य परिषद्को प्रेस कार्यालयले १५ तारिख बिहान १० बजे पत्रकार सम्मेलनको आयोजना गर्दै सन् २०२३ चोङ क्वान छुन मञ्चका सम्बद्ध अवस्थाबारे जानकारी दिएको छ।

 

उक्त पत्रकार सम्मेलनमा विज्ञान प्रविधि मन्त्रालयका उपप्रमुख उ चाउ ह्वैले संसारमा चीनको सिर्जनशील सूची सन् २०१२ को ३४ औँ स्थानबाट बढेर सन् २०२२ मा ११ औँ स्थान पुगेकाले सुचारू रूपमा सिर्जनशील मुलुकको पङ्क्तिमा प्रवेश गरेको जानकारी दिनुभएको छ।

 

उपप्रमुख उका अनुसार, बितेका १० वर्षयता चीनको विज्ञान प्रविधि कार्यमा देखा परेको ऐतिहासिक परिवर्तनबाट हेर्दा ४ पक्ष निकै स्पष्ट देखिएको छ। पहिलो, विज्ञान प्रविधि शक्ति ठूलो मात्रामा बढेकाले विश्वको सिर्जनशील पङ्क्तिमा रहेको प्रभावकारी शक्ति पनि स्पष्टसँग सबल हुँदै आएको छ। दोस्रो, विज्ञान प्रविधिको सिर्जनशीलताबाट व्यावसायिक विकासलाई समर्थन र निर्देशन गरिएकाले सेवाको उच्च गुणस्तरीय विकास क्षमता स्पष्टसँग सबल हुँदै आएको छ। तेस्रो, विज्ञान प्रविधिले जनजीवनतर्फ सेवा प्रदान गर्ने र जनताको सुमधुर जीवनको चाहनालाई पूरा पार्ने क्षमता स्पष्टसँग सबल हुँदै आएको छ। र चौथो, विज्ञान प्रविधिले क्षेत्रीय विकासलाई समर्थन गर्ने र व्यावसायिक विकासलाई निर्देशन दिने क्षमता स्पष्टसँग सबल हुँदै आएको देखिन्छ।