जर्मनीस्थित सेरामिक्स उत्पादन शहरद्वारा चीनसँग “बेल्ट एण्ड रोड” सम्बन्धी सहयोगलाई गहन पार्ने अपेक्षा
2023-05-15 09:27:57cri
Share with:

 

जर्मनीको दक्षिण पश्चिमी भागमा रहेको रान्सबाच बाउमबाच शहरमा सेरामिक्स व्यापारको कारण प्रसिद्ध भएको छ। सेरामिक्स वस्तुको एसियाको माग फारम तीव्र गतिले बढ्दै आएको सिलसिलामा रान्सबाच बाउमबाचले चीनको क्वाङ सी च्वाङ स्वायत्त प्रदेशको सेरामिक्स उद्योगसँग अरु बढी आदान-प्रदान तथा सहयोग गरी अरु घनिष्ठ “बेल्ट एण्ड रोड” साझेदारी सम्बन्धको स्थापना गर्ने तयारी गरेको छ।

 

इतिहासमा सेरामिक्स प्राचीन कालको समुद्री रेशमी मार्गको महत्त्वपूर्ण मालसामानमध्ये एक थियो। हाल चीन र विदेश बीचको सेरामिक्स व्यापार “बेल्ट एण्ड रोड” सभ्यताको आदान-प्रदान गर्ने एउटा महत्त्वपूर्ण भाग बनिसकेको छ। जर्मनीको रान्सबाच बाउमबाच शहरका मेयर मासिएल मर्चले चीनको “बेल्ट एण्ड रोड” प्रस्तावले प्राचीन समुद्री रेशमी मार्गलाई प्रेरक शक्ति थप्नुका साथै “बेल्ट एण्ड रोड” वरिपरिका मुलुकहरुलाई संयुक्त रुपमा समृद्ध बनाउँदै विभिन्न देशका जनताबीचको मैत्रीपूर्ण आदान-प्रदानलाई अघि बढाएको व्यक्त गर्नुभयो।

 

चीनको “बेल्ट एण्ड रोड” प्रस्तावले प्राचीन रेशमी मार्गलाई थप टेवा  पुर्‍याएको छ, विशेष गरी अन्तर्राष्ट्रिय आर्थिक, व्यापारिक तथा मानवीय सहयोगका लागि प्रेरक शक्ति थपेको छ, जुन सही दिशातर्फ लम्कने बाटो हो। सेरामिक्स उद्योगका कारण रान्सबाच बाउमबाच प्रसिद्ध छ, त्यसैले हामीले चीनसँगको आदान-प्रदानप्रति अपेक्षा गरेका छौँ। चालू वर्ष हाम्रो सेरामिक्स व्यवसायले चीन-अन्तर्राष्ट्रिय आयात एक्स्पोमा भाग लिने छ। त्यस बेला हाम्रा सेरामिक्स वस्तुहरु सुविधाजनक रुपमा चीन-युरोप रेलमार्फत् चीनमा पुर्‍याइनेछन्।

 

मार्च २३ तारिख रान्सबाच बाउमबाच शहर, क्वाङ सी च्वाङ स्वायत्त प्रदेशको वाणिज्य विभाग र जर्मनीको चिनियाँ प्रवासी संघले संयुक्त रुपमा रान्सबाच बाउमबाचमा क्वाङ सीको सेरामिक्स उद्योगको प्रचार-प्रसार सम्मेलनको आयोजना गरेका छन्। दुई पक्षका सरकारका प्रतिनिधिहरु र सम्बन्धित व्यवसायका जिम्मेवार व्यक्तिहरुले भावी सहयोगबारे वैचारिक आदान-प्रदान गरेका छन्। जर्मनीको भ्रमणमा रहनुभएका क्वाङ सी च्वाङ जातीय स्वायत्त प्रदेशको वाणिज्य विभागकी उप-प्रमुख यु श्वे मैले क्वाङ सीको सेरामिक्स उद्योगको प्रचार-प्रसार गर्नुका साथै विगत केही वर्षयता क्वाङ सी र जर्मनी बीचको व्यापारिक स्थितिबारे जानकारी दिनुभयो। उहाँ भन्नुहुन्छ,

रान्सबाच बाउमबाच शहर जर्मनीको प्रसिद्ध सेरामिक्स शहर हो। क्वाङ सीको सेरामिक्स उद्योगसँग विकासको एक हजार वर्षको इतिहास छ। आजको संवाद होस् अथवा भविष्यको गहन सम्पर्क होस् क्वाङ सी र जर्मनीको सेरामिक्स उद्योग बीचको सहकार्यका लागि उपयोगी हुनेछ। दुवै पक्षले यस पटकको प्रचार-प्रसार सम्मेलनको सुअवसर छोपेर सेरामिक्स उद्योग बीचको सहयोगको निहित शक्ति खोजेर आर्थिक, व्यापारिक र मानवीय लगायत क्षेत्रमा अन्तर सम्पर्क तथा अन्तर सह-कार्य गरी “बेल्ट एण्ड रोड” को निर्माणलाई स्थिरताका साथ अघि बढाउन सक्ने आशा हामीले राखेका छौँ।

 

रान्सबाच बाउमबाचको एउटा सेरामिक्स व्यवसायका जिम्मेवार व्यक्ति फ्रान्क गेन्टेजोहानले चीनको आर्थिक प्रेरक शक्ति, बजारको पैमाना र गुणस्तरीय विकासको खाका निकै आकर्षक रहेको बताउनुभयो,

सेरामिक्सको उद्गम स्थान तथा सेरामिक्स सम्बन्धी ठूलो मुलुकको रुपमा चीन निःसन्देह हाम्रो राम्रो सहयोगात्मक साझेदार हो। “बेल्ट एण्ड रोड” प्रस्ताव र चीन-युरोप रेलले सशक्त समर्थन दिने हाम्रो विश्वास छ। चीन र जर्मनी बीचको दूरी हजारौं किलोमिटर रहे तापनि “बेल्ट एण्ड रोड”ले यस दूरीलाई छोटो पार्दै दुई पक्षबीचको सम्पर्क अरु घनिष्ठ पारी आपसी मित्रतालाई अरु बलियो बनाएको छ।