चाइना यूनिभर्सिटी अफ पेट्रोलियमका मध्य एशियाली विद्यार्थीहरूलाई राष्ट्राध्यक्ष सीको जवाफी चिट्ठी
2023-05-15 18:44:22cri
Share with:

हालै चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चाइना यूनिभर्सिटी अफ पेट्रोलियमका मध्य एशियाली विद्यार्थीहरूलाई जवाफी चिट्ठी पठाउँदै चीन र मध्य एशियाली मुलुक बीचको सम्बन्धको विकासकालागि अझ ठूलो योगदान दिन प्रोत्साहन गर्नुभएको छ।

चिट्ठीमा सीले यसरी भन्नुभएको छः पहाड र नदीद्वारा जोडिएका चीन र मध्य एशियाली मुलुकहरू बीच प्रगाढ मित्रता रहेको छ। सन् २०१३ मा मध्य एशियाली मुलुकमा मैले सिल्क रोडको आर्थिक पेटी भन्ने प्रस्ताव प्रस्तुत गरेको थिएँ। बितेका १० वर्षयता, चीन र मध्य एशियाली बीचको सम्बन्ध निरन्तर रूपमा नयाँ चरणमा पुगी विभिन्न क्षेत्रमा भएका सहयोगहरूबाट दुई पक्षका जनताहरूको लागि हित कल्याण ल्याइएको छ।

चीन र मध्य एशियाली मुलुकसँगको मैत्री सम्बन्धलाई निरन्तरता दिन नव पुस्ताका युवाहरूले बिँडो थाम्दै जानुपर्छ। चीन-मध्य एशिया संयुक्त भाग्य समुदायलाई अझ घनिष्ट पार्न युवाहरूले योगदान दिँदै जाने आशा पनि सीले व्यक्त गर्नुभएको छ।

प्राप्त जानकारी अनुसार, हालै सोही विश्वविद्यालयका विदेशी विद्यार्थीहरूले चिनियाँ राष्ट्राध्यक्ष सीलाई चिट्ठी पठाउँदै द्विपक्षीय सम्बन्धलाई प्रवर्द्धन गर्न योगदान दिने निश्चिता व्यक्त गरेका छन्।