पहाड तथा नदीले जोडिएको मित्रता भन्ने वृत्तचित्र आउँदै
2023-05-15 16:47:29CRI
Share with:

मध्य एसियाका पाँच विभिन्न देशका पाँचजना व्यक्तित्वले चीनमा आउने र बस्ने निर्णय गरे। कजाकिस्तानका कार्लिगासले कजाकिस्तान तथा चीनबीचको मित्रताको पुल बन्ने आशा राखेका छन्; किर्गिजस्तानकी शिक्षिका बक्तीगुलले आफ्ना चिनियाँ श्रीमानसँग निङ्स्या ह्वी जातिय स्वायत्त प्रदेशको यिनछ्वानमा आर्ट ग्यालरी स्थापना गरेकी छिन्। यसैबीच, ताजिकिस्तानका मुस्तकिमले चीनको चिया संस्कृति र कवितामा आत्मिक शान्ति पाएका छन्। तुर्कमेनिस्तानका गुर्दोभ गुभान्च कुङफु स्टार ज्याकी च्यानका चलचित्रहरूलाई निकै मन पराउँछन्। अनि उज्बेकिस्तानका तोजिबाएभ कोमिलजोनले वनस्पति शास्त्र अध्ययन गर्दै प्रकृतिका रहस्यहरू पत्ता लगाउने रुचि लिएर चीनसँगको सहकारी परियोजनाहरूमा भाग लिइरहेका छन्। ती पाँचजनाले चीनमा सपनालाई व्यवहारमा उतार्दै फरकफक अनुभवहरू प्राप्त गरेका छन्। सीजीटिएनले तपाईँका लागि यी पाँचजना व्यक्तित्वको जीवनमा चीन र मध्य एशियाली देशहरू बीचको घनिष्ठ मित्रतामा केन्द्रित वृत्तचित्र श्रृंखला "चीनसँगको भेट: पहाड र नदीले जोडिएको मित्रता" आउँदै छ।