युक्रेन संकटको राजनीतिक समाधान गर्न चीनको आग्रह
2023-05-16 16:23:59cri
Share with:

संयुक्त राष्ट्रसंघका लागि चीनका स्थायी प्रतिनिधि चाङ च्युनले युक्रेन संकटको राजनीतिक समाधानलाई अघि बढाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्नुभएको छ। उहाँले मे १५ मा युक्रेनमा मानवीय समस्या सम्बन्धि सुरक्षा परिषद्को खुला बैठकमा उक्त कुरा भन्नुभएको हो।

चाङ च्युनले अगाडि भन्नुभयोः 'हामीले सर्वसाधारणले भोग्नुपरेको क्षति र पीडालाई कम पार्न यथासम्भव प्रयास गर्नुलाई प्राथमिकता दिनुपर्छ। दोस्रो, हामीले आणविक सुरक्षाको रातो रेखाको राम्रोसँग रक्षा गर्नुपर्छ। द्वन्द्व प्रतिक्रियाको प्रभावमा पनि ध्यान दिएर त्यसको व्यवस्थापन गर्ने आवश्यकता छ। विकासोन्मुख मुलुकहरूको आर्थिक विकास र जनताको जीवनयापनको सुधारका लागि अमेरिका लगायत सम्बन्धित देशहरूले गम्भीरतापूर्वक विचार, कार्य गरी चाहिने शर्तको सिर्जना गर्नुपर्दछ। एकातिर अन्य देशहरूलाई आर्थिक बल प्रयोगको आरोप लगाउँदै अर्कातिर आर्थिक बलमा संलग्न हुनुहुँदैन।

युक्रेनको विषयमा चीनको अडानबारे व्याख्या गर्दै चाङ च्युनले यसरी भन्नुभयोः चीन सधैँ शान्तिको पक्षमा उभिँदै शान्ति कायम गर्न र वार्तालाई अघि बढाउन प्रतिबद्ध छ। युरोप-एशिया मामिला सम्बद्ध चिनियाँ विशेष प्रतिनिधि ली ह्वी युक्रेन संकटको राजनीतिक समाधानका लागि सबै पक्षसँग संवाद गर्न युक्रेन, पोल्याण्ड, फ्रान्स, जर्मनी र रुस भ्रमणका लागि प्रस्थान गरिसक्नुभएको छ। युक्रेन संकटको राजनीतिक समाधानलाई बढाउन निरन्तर प्रयास जारी राख्दै चीन अन्तर्राष्ट्रिय समुदायसँग काम गर्ने इच्छुक छ।