#अल्पसंख्यक जाति# ग्रामीण क्षेत्रको पुनरूत्थानको बाटोमा चियाको सुगन्धित बास्ना फैलिंदै
2023-05-16 15:11:30CRI
Share with:

चिनियाँ फु च्यान प्रान्तीय फु आन भन्ने ठाउँ चीनको ऐतिहासिक प्रसिद्ध चिया अर्थात् थान याङ चियाको उद्गम स्थल हो। हाल त्यहाँ जम्मा २०० वर्ग किलोमिटर क्षेत्रफलका चिया बगैंचा छन् र त्यसको कुल उत्पादन मात्रा १० अर्ब चिनियाँ युआन पुगेको देखिन्छ। स्थानीय किसानहरूको औसत आयमध्ये ४० प्रतिशत चिया उत्पादनबाट आएको छ।

थान याङ गाउँमा चियाको उत्पादनको सयौं वर्षको इतिहास रहेको छ।गाउँ वरिपरि हजारौं हजार हेक्टर चिया खेती छ। पूरै गाउँ हरियो रंगबाट घेरिएको  छ। थान याङ गाउँको क्षेत्रफल ७ वर्गकिलोमिटर पुगेको छ। त्यहाँ बस्ने गाउँलेहरूमध्ये धेरै श जातीयहरू छन्। 

 सन् १९१५ थान याङ कुङफु मार्काको चियाले पानामा अन्तर्राष्ट्रिय एक्स्पोको स्वर्ण पुरस्कार जितेको थियो। त्यसपछि थान याङ चिया त्यति बेला युरोपमा सबभन्दा लोकप्रिय पिउने पेयमध्येको एक बनेको थियो। 

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले लामो समययता चिया संस्कृतिको उत्तराधिकारप्रति निकै महत्व दिँदै आउनुभएको छ। चीनको फु च्यान प्रान्तमा काम गरेको अवधिमा उहाँले अघिपछि ४ पटक गरी थान याङ गाउँ पुगेर निरीक्षण भ्रमण गर्नुभएको थियो। उहाँले थान याङ भन्ने मार्काको माया, संरक्षण, विकास र सदुपयोग गरी थान याङ चियालाई पूरै चीन अझ विशेषगरी समस्त विश्वसमक्ष फैलाउने प्रस्ताव पनि प्रस्तुत गर्नुभएको छ।

 

करिब ३० वर्षको विकासमा थान याङ कुङफु मार्का चिया चिनियाँ तथा अन्तर्राष्ट्रिय प्रदर्शनमा धेरै पुरस्कार जितेका छन्।

सन् २००१ थान याङ गाउँ “चिनियाँ चिया बस्ती” मानिएको छ।

सन् २०१३ थान याङ कुङफु मार्का चियाले फेरि एकपटक पानामा अन्तर्राष्ट्रिय एक्स्पोको स्वर्ण पुरस्कार जितेको थियो। र सन् २०१९ जनवरी थान याङ गाउँ चीनको सातौं चरणको प्रसिद्ध ऐतिहासिक तथा साँस्कृतिक गाउँमा सूचिकृत भएको थियो। 

एउटा पानाले एउटा व्यवसायको विकास गरेर एक क्षेत्रमा बसोबास भएका सर्वसाधारणलाई समृद्ध पारेको छ। हाल गाउँमा चिया खेतीको क्षेत्रफल ३.२७ वर्ग किलोमिटर पुगेको छ। स्थानीय चियाको मार्काको मूल्य लगभग ५ अर्ब चिनियाँ युआन पुगेको छ। चिया खेतीमा श जातीय महिलाहरूले खुशीयाली रूपमा चिया टिप्दैछन्। उनीहरूको हातबाट चियाको सुगन्धित बास्ना फैलिंदैछ। यसका साथै ग्रामीण क्षेत्रको पुनरूत्थानको बाटो झन् झन् विस्तार हुँदैछ।