चीन-मध्य एशिया शिखर सम्मेलनबाट 'बेल्ट एण्ड रोड' सहमतिलाई थप मजबुत बनाइने
2023-05-16 19:57:02cri
Share with:

चीन-मध्य एशिया शिखर सम्मेलनले 'बेल्ट एण्ड रोड' को उच्च गुणस्तरीय संयुक्त निर्माणमा भएको चीन र मध्य एशियाली मुलुकहरूको सहमतिलाई थप मजबुत बनाउने छ। उक्त कुरा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले मै १६ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा निकट भविष्यमा आयोजना हुने चीन-मध्य एशिया शिखर सम्मेलनका बारेमा सोधिएको प्रश्नको जवाफ दिँदा भन्नुभएको हो।

"बेल्ट एण्ड रोड" को उच्च गुणस्तरीय संयुक्त निर्माणलाई बढाउनका लागि यस पटकको शिखर सम्मेलनको महत्व बारे चर्चा गर्दै वाङले यसरी औंल्याउनुभयोः

मध्य एसिया नै बेल्ट एण्ड रोड अवधारणा समर्थन गर्ने पहिलो स्थान हो र सम्पर्क गर्ने बेन्चमार्क पनि हो। विगत एक दशकमा चीन र मध्य एशियाली देशहरूले संयुक्त र शृङ्खलाबद्ध रूपमा ठूला परियोजनाहरू लागू गरेका छन्, जसबाट यस क्षेत्रका विभिन्न देशका जनताहरू व्यापक रूपमा लाभान्वित भएका छन्। गत वर्ष चीन र मध्य एशियाका पाँच देशबीचको व्यापारमा संलग्न कूल रकम ७० अर्ब अमेरिकी डलर नाघेको थियो।

वाङले अगाडि भन्नुभयोः "हामीलाई विश्वास छ कि प्राचीन सिल्क रोडको शुरूआत बिन्दु सियानमा चीन र मध्य एसियाली देशहरूले शिखर सम्मेलनको मौका पारेर हजारौँ वर्षदेखि चल्दै आएको प्राचीन सिल्क रोडमा नयाँ जीवन्त शक्ति ल्याउने छन् र चीन-मध्य एशिया संयुक्त भाग्य समुदायको निर्माण गर्ने क्रममा नयाँ र ठूलो योगदान दिँदै जानेछन्।"