चीन र मध्य एसियाली मुलुकहरु बीचको पर्यावरणीय विज्ञान तथा प्रविधि सम्बन्धी सहयोग फलदायक
2023-05-16 10:17:22cri
Share with:

चीन-मध्य एसिया शिखर सम्मेलन मे १८ तारिखदेखि १९ तारिखसम्म चीनको पल्लो शान सी प्रान्तको सदरमुकाम सिआन शहरमा आयोजना हुने भएको छ। दुई पक्ष बीचको सम्बन्ध स्थापित भएको ३१ वर्षयता चीन र मध्य एसियाली मुलुकहरुबीचको सम्बन्ध निरन्तर रुपमा फड्को मार्ने किसिमले विकास हुँदै आएको छ। पर्यावरणीय विज्ञान तथा प्रविधि सम्बन्धी सहयोग चीन र मध्य एसियाली मुलुकहरुबीचको विभिन्न क्षेत्रमा रहेको सहयोगमध्ये एउटा चर्चित विषय हो।

 

चीन र किर्गिजस्तानबीचको विज्ञान तथा प्रविधि सम्बन्धी सहयोगले त्यहाँको ग्रामीण क्षेत्रको खाने पानीको सुरक्षालाई प्रत्याभूति गरेको छ जसबाट एक लाख मानिस लाभान्वित भएका छन्। चिनियाँ प्रविधिले काजाकिस्तानको राजधानीको पर्यावरणीय निर्माणमा सहायता दिएर कजाकिस्तानको राजधानीको पर्यावरणीय निर्माणका लागि प्राविधिक प्रत्याभूति दिएको छ। यसका साथै चिनियाँ प्रविधिले ताजकिस्तानको ओजेरो सारेचकोये तालको सुरक्षालाई प्रत्याभूति दिएको छ।