


चीन-मध्य एशिया शिखर सम्मेलन मे १८ र १९ तारिख चीनको पल्लो शानसी प्रान्तको सदरमुकाम सिआन सहरमा आयोजना हुने भएको छ।
सम्मेलनको तयार कार्यका सम्बन्धमा थाहा भए अनुसार शिखर सम्मेलनको मिडिया केन्द्रमा अहिलेसम्म एक हजार बढी चिनियाँ तथा विदेशी पत्रकारहरूले दर्ता गरेका छन्। यीमध्ये ३ सय बराबर पत्रकार सिआन सहरमा आउने भएका छन्। शिखर सम्मेलनको मिडिया केन्द्रका प्रमुख ली ह्वाले जानकारी दिनुभएकोअनुसार, शिखर सम्मेलनको रिपोर्ट गर्न चिनियाँ पत्रकार मण्डल बाहेक काजाकिस्तान, उज्वेकिस्तान, ताजिकिस्तान, किर्गिस्तान, तुर्कमेनिस्तानले विशेष गरी मिडिया ग्रुपको स्थापना गरेर सिआनमा शिखर सम्मेलनको रिपोर्ट गर्ने भएका छन्। यसका साथै अफ्रिका, युरोप र ल्याटिन अमेरिकाबाट पनि पत्रकारहरू चीन आउने भएका छन्।
शिखर सम्मेलनको मिडिया केन्द्रमा विशेष गरी प्राविधिक, सांस्कृतिक प्रदर्शनी क्षेत्रको स्थापना गरेर विभिन्न मुलुकका पत्रकारले पल्लो शानसीको विशेष सांस्कृतिक अनुभव पनि गर्न पाउनेछन्।


